February 8, 2025, Saturday
२०८१ माघ २६

नेजाको नवौं अधिवेशन मे १० र ११ लसभेगसमा हुने

२०८१ माघ १८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

205

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशन तथा १८औं साधारण सभा संयुक्त राज्य अमेरिकाको नेभाडा राज्यस्थित लसभेगस सहरमा हुने भएको छ । नेजा कार्यसमितिको जनवरी २५, २०२५ मा बसेको २०औं बैठकले नेजाको नवौं अधिवेशन यही मे १० र ११, २०२५ मा गर्ने निर्णय गरेको हो ।

बैठकले अधिवेशन व्यवस्थापनका लागि नेजाका पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारीको संयोजकत्वमा नेजा कार्यसमिति सदस्यद्वय हेमराज बराल र ईश्वरी न्यौपाने सदस्य रहेको व्यवस्थापन समिति गठन गरेको छ ।

बैठकले व्यवस्थापन समितिलाई अधिवेशन व्यवस्थित र सफल बनाउन सबैलाई आ-आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न अनुरोध समेत गरेको छ ।

साथै,पश्चिम क्षेत्रमै रहेका नेजाका कोषाध्यक्ष जानु पङ्गेनीलाई अधिवेशनलक्षित आर्थिक समितिको समेत जिम्मेवारी दिने निर्णय गरेको छ । यसैगरी,अधिवेशनमा भाग लिनका लागि अधिवेशन हुने मितिको ३ महिनाअगाडि नै नयाँ सदस्यता एवं सदस्यता नवीकरण गरिसक्नुपर्ने व्यवस्था अनुसार नेजाको नयाँ सदस्यता एवं सदस्यता नवीकरण गर्ने मिति यही फेब्रुअरी १०,२०२५ सम्म तोकेको छ।