अमेरिकाको मोन्टानामा एक नेपालीको पौडी खेल्ने क्रममा २८ बर्षका राजु झाको डुबेर मृत्यू भएको छ । झा पोर्टल्यान्ड, ओरेगन बस्दै पोर्टल्याण्डको जेकब्स इन्जिनियरिङमा स्ट्रक्चरल इन्जिनियरको रूपमा काम गर्दै थिए। साथीहरूसँग छुट्टी मनाउने क्रममा शनिबार मोन्टानाको ग्लेशियर नेशनल पार्कमा स्प्रेग क्रिक क्याम्पग्राउन्ड नजिकैको लेक म्याकडोनाल्डमा डुबेर निधन भएको बताइएको छ ।
नेपालको जनकपुरका २८ बर्षका राजु झा तालमा साथीहरूसँग पौडी खेलिरहेको बेला डुबेको बताईन्छ । घटना शनिवार बेलुका ६ बजेर २५ मिनेटमा भएको बताइएको छ । अलर्ट हेलिकप्टर र तीनवटा पानी एम्बुलेन्सले उद्दारको प्रयास गरे पनि उनलाई बचाउन सकेनन । उनको शव नेपाल पठाउन र दाहसंस्कारका लागि गोफण्डमीमा सहयोगको अपिल गरिएको छ ।