January 15, 2025, Wednesday
२०८१ माघ ३

पत्रकार महासंघको अमेरिका शाखा गठन, संयोजकमा शेर्पा

२०८१ मंसिर २७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

790

नेपाल पत्रकार महासंघ अमेरिका शाखा गठनका लागि संयोजक तोकिएको छ । पत्रकार महासंघका पुर्वकेन्द्रिय सदस्यसमेत रहेका पत्रकार आडछिरिग शेर्पा कान्तिपुर दैनिकमा आवद्ध रहेका थिए । महासंघका कार्यबहाक अध्यक्ष बाला अधिकारीद्धारा हस्ताक्षरित पत्रमा शेर्पालाई संयोजक तोकि ३ महिनाभित्र सदस्यता वितरण गरी अधिवेसन गराउने कार्यभार सुम्पिएको छ ।

पत्रकार महासंघको विदेश शाखा रहने प्रावधान अनुसार अमेरिकामा ठुलो सख्यामा नेपाली पत्रकारहरु रहेकोले शाखा बनाउनु पर्ने माग हुँदै आएकोमा संयोजक तोकिएको छ । संयोजक शेर्पाले तदर्थ कार्यसमिति विस्तार गरी सदस्यता वितरण गरेर तीन महिनामा अधिवेसन गराउनु पर्नेछ । मसिंर २० गते को पत्र अनुसार आगामी फागुन २० भित्र अधिवेसन गराउनुपर्ने छ । यस अघि नै पत्रकार महासंघको बेलायत, अष्ट्रेलिया, यूरोपका विभिन्न देशमा शाखाहरु गठन भैसकेका छन ।