April 23, 2025, Wednesday
२०८२ बैशाख ११

पद्मश्री साहित्य पुरस्कारका लागि १५ जना छनौट चरणमा

२०८१ असार १६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.3K

 

पद्मश्री साहित्य पुरस्कारका लागि १५ जना पहिलो चरणको उत्कृष्ट विस्तारित सूची सार्वजनिक भएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामीछानेद्धारा हस्ताक्षरित विज्ञप्ति अनुसार यस बर्षका लागि पहिलो चरणमा प्रवेश पाउने सुचि सार्वजनिक गरिएको हो । नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक बर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गरिंदै आएको छ । विसं २०८० सालमा प्रकाशित १ सय ८६ वटा साहित्यिक पुस्तक प्रतिष्ठानमा प्राप्त भएकोमा अन्तिम छनौटमा १५ छानिएको हो । तीमध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा निम्न पन्ध्र पुस्तकको विस्तारित सुची प्रतिष्ठानलाई उपलब्ध गराएको छ । यो सुचीबाट समितिले अर्को महिना पांचवटा पुस्तकको उत्कृष्ट संक्षिप्त सुची चयन गर्नेछ र त्यसमध्ये एक पुस्कृति हुनेछ ।

पद्मश्री उत्कृष्ट विस्तारित सुचीका कृतिहरुमा विष्णु सापकोटाको अडिएका पाइला उपन्यास, कृष्ण गौतमको अद्वैत उपन्यास, सानु शर्माको अर्को देशमा कथा संग्रह, रोशन शेरचनको गल्ली संसार निबन्ध संग्रह, भानु बोखिमको गोधूलि गीत उपन्यास, विश्व कुइकेलको गोपीचा उपन्यास, कुमार नगरकोटीको जोगियाना संस्मरण रहेका छन । त्यसैगरी चिरन्जीबी वाग्लेको बहादुर शाह ( उपन्यास, सुमिनाको बागी स्त्रीको आत्मकथा ( कविता संग्रह, राजेन्द्रमान डंगोलको बादलडाँडा ( नियात्रा, अखण्ड भण्डारीको बोरा( उपन्यास, गोविन्दप्रसाद कुसुमको भृकुटी ( उपन्यास, गोपी सापकोटाको लन्डन अनप्लग्ड ( संस्मरण, अरुण गुप्तोको संस्कृति चिन्तन – निबन्ध संग्रह र भुवनहरि सिग्देलको साखेजुङको उकालो ( जीवानाख्यान छनौटमा परेको छ । विजेताले ३ लाखि नेपाली रुपिया प्राप्त गर्नेछन ।


विस २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निणार्यक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ । यसै ३ वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिनुहुने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कार द्वारा सम्मान गर्दै आएको छ । पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशि तीन लाख रुपैयाँ रहेको छ । तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिन्छ । गैरआवासिय नेपाली संघका संस्थापकमध्येका एक जीवा लामीछाने आफै लेखक पनि हुन र उनका केहि नियात्रा कृतिहरु चर्चित छन । नेपाली साहित्यमा यो पुरस्कारलाई निकै आकर्षक मानिन्छ ।