अमेरिकाको भर्जिनिया मनासस पार्क प्रहरीले बिहीबार बिहान ३ हप्तादेखि हराई रहेकी नेपाली ममता काफ्ले भट्टका श्रीमानलाई पक्राउ गरेको छ । मनाससस्थित भट्टको घरमा रातभरको खानतलासीपछि विहिबार विहान नरेश भट्टलाई पक्राउ गरेको हो । प्रहरीले भट्टलाई हत्या गरी शरिर बेपत्ता बनाएको आशंकामा प्रक्राउ गरिएको मनासस प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ममता काफ्ले विगत ३ हप्ता देखि हराई रहेकी थिईन । प्रहरीले लामो खोजतलासपश्चात झण्डै १६ घण्टा उनको घरमा गरिएको खानतलासीपछि बिहान ११ बजे श्रीमान भट््टलाई पक्राउ गरेको छ । साथै उनकी एक बर्षिय छोरीलाई बिहीबार बिहान प्रहरीले घरबाट संगै लिएर गएको भिडियो फुटेजमा देख्न सकिन्छ । नरेश भट्टलाई उनकी श्रीमती बेपत्ता भएको सम्बन्धमा शव लुकाएको आरोप लगाइएको छ, प्रिन्स विलियम काउन्टी कमनवेल्थका अधिवक्ता एमी अश्वर्थले बिहीबार दिउँसो सन्चार माध्यमहरुलाई बताएका छन ।
भर्जिनियाको मनसास पार्कबाट नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनामा अनुसन्धान गरिरहेको मनासस पार्क प्रहरीले घटनाको अनुसन्धानमा उनका श्रीमान् नरेश भट्टले समन्वय नगरेको भन्दै बुधबार बेलुदेखि घरमा खानतलासी सुरु गरेको थियो । मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेश भट्टसँग कुरा गरेका थिए । तर श्रीमान नरेश भट्टले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र भट्टले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए । उनका श्रीमानले ममता हराएको भनिएको ५ दिनपछि मात्रै प्रहरीमा सम्पर्क गरी खोजवीनका लागि आग्रह गरिएको बताईन्छ । ममता बेपत्ता भएको समाचार अमेरिकी सन्चार माध्यमहरुले महत्वका साथ प्रशारण गरिरहेको छ । एक वर्षीया छोरीकी आमा ममताको नेपाल घर काभ्रे रहेको खुलेको छ । उनी भर्जिनियामा रजिस्टर्ड नर्स हुन् । ममताको श्रीमान भट्ट दुई पटक अफगानिस्तान युद्धमा सहभागी भइसकेका अमेरिकी सेनाका अवकाश प्राप्त अधिकारी हुन् । उनी हाल ह्वाइट हाउसमा कार्यरत रहेको पनि उनले बताइएको छ।
यो भिडियो एनविसि फोरबाट लिइएको हो ।