डिसेम्बर २८ देखि इटालिको मिलान शहरमा राहदानी पासपोर्ट नविकरण तथा नया बनाउनका लागि नेपाली राजदूतावासको टोली मिलान पुगेको छ । स्वीटजरल्याण्डको जेनेभाबाट गएको घुम्ती टोलि शिविर टोलीले नेपालीहरुको राहादानीलगायत नविकरण र नयाँ बनाउने प्रक्रियाका कार्य गर्नेछन ।
दुतावासको टोलि सोमवारसम्म मिलान शहरमा रहने बताइएको छ । नेपाल मितेरी मञ्च मिलानोको आयोजना र ब्यबस्थापन तथा गैर आवासीय नेपाली संघ इटालीको सहकार्यमा दुतावासको टोलि शनिवार इटालिको मिलान शहर पुगेको हो ।