January 15, 2025, Wednesday
२०८१ माघ ३

राष्ट्रपति पौडेलले नियुक्त गरे पाँच देशमा राजदूत

२०८१ मंसिर २९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

185

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा पाँच देशमा राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र कोरियामा राजदूत नियुक्त गरेका हुन्।

पोर्चुगलमा प्रकाशमणि पौडेल, स्पेनमा सनिल नेपाल, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, बेल्जियममा सेवा लम्साल र कोरियामा शिवमाया तुम्बाहाङफेलाई राजदूत नियुक्त गरेका हुन्।