Newyork Time 12:43 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

सभामुखसहित सचेतकको टोली विदेश जाने, प्रतिनिधिसभा १० दिन स्थगित

२०८० चैत्र ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.1K

काठमाडौं, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झै प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित गरेर नेपाली हाई प्रोफाईल टोली एक सेमिनारमा भाग लिन विदेश जाने भएका छन । सभामुखसहित दलका प्रमुख सचेतकहरू आगामी चैत १० गतेदेखि १४ गतेसम्म जेनेभामा हुने अन्तर व्यवस्थापिका संघ ९आइपीयू० को १४८ औँ सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्ने भएपछि बैठक १० दिनका लागि स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेसँगै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय सभा सांसद गंगा बेलबासे स्वीट्जरल्याण्ड जाने कार्यक्रम छ ।

यस्तै, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रवक्ता एकराम गिरी, संसदको अन्तर्राष्ट्रिय शाखाका प्रदिप गुरागाईं र सभामुख घिमिरेका स्वकीय सचिव तेज प्रकाश भट्टराई पनि साथै जानेछन् ।

उनीहरू भोलि अर्थात चैत ८ गते त्यसतर्फ प्रस्थान गर्नेछन् भने चैत १६ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।