नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन आग्रह गरेको छ ।
दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको भन्दै एक सूचनामार्फत उक्त आग्रह गरेको हो ।
दूतावासले म्यानमारको गोल्डन ट्रयाङ्गलमा लगी गैरकानुनी काम गर्न बाध्य पारिएका र सो स्थानबाट भागेर थाइल्याण्ड छिरेका एक नेपाली नागरिकलाई थाइ सरकारी निकायको सहयोगमा शुक्रबार नेपाल फर्काइएको छ । सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानून विपरित छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया लाओस, म्यानमार र थाइल्याडलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीमा नआउन राजदूतावासले सबैमा अनुरोध गरेको छ ।
त्यसैगरी जर्मनस्थित नेपाली दुतावासले एक विज्ञप्ति जारी गर्दै रोमानिया, माल्टा, क्रोसियालगायत देशबाट अन्य यूरोयियन मुलुक लैजान विभिन्न समुहले विभिन्न सामाजिक सन्जालमा सक्रिया रहेको जानकारी आएको भन्दै त्यसो नगर्न र त्यस्ता अनावश्यक लोभमा नपर्न भनिएको छ । विदशेमा पनि नेपाली ले नेपालीलाई नै ठग्न थालेपछि दुतावासहरुले सक्रियता बढाएको छ ।