March 26, 2025, Wednesday
२०८१ चैत्र १२

शेर्पा संघ अमेरिकाको अध्यक्षमा पूर्ण शेर्पा

२०८१ कार्तिक १५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

780

शेर्पा संघ अमेरिकाको अध्यक्षमा पूर्ण पासाङ दोर्जे शेर्पा (एपी लामा) को अध्यक्षतामा  ११  सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ। किदुग न्यूयोर्क हलमा भएको संघको चौथो महाधिवेशनबाट उनीहरू निर्वार्चित भएका हुन् ।

निर्वार्चित हुनेमा  आङछिरि शेर्पा बरिष्ठ उपाध्यक्ष, मिना लामा शेर्पा उपाध्यक्ष, छिरिङ शेर्पा महासचिव, लाक्पा थिले सचिव, निमा दोर्जी शेर्पा कोषाध्यक्ष, गेलु शेर्पा सह–कोषाध्यक्ष, सदस्यहरुमा मिगिर शेर्पा, गेल्जी शेर्पा,  साम्देन शेर्पा , याङ्जी शेर्पा रहेका छन् ।

संघका  अध्यक्ष  पासाङ दोर्जी एपी लामा शेर्पाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा धर्म गुरु  डा .युला शेर्पाको प्रमुख आतिथ्य तथा नेपाल आदीवासी जनजाती महासंघ अमेरिका फिप्नाको अध्यक्ष तोरन गुरुङ,  लुम्बिनी विकास कोषका पूर्वसदस्य सचिव आङ दावा शेर्पा, विश्व शेर्पा संघका बरिष्ठ  उपाध्यक्ष निमा शेर्पा, शेर्पा किदुगका अध्यक्ष ई तेम्बा शेर्पा, एनआरएन न्युयोर्क च्याप्टरका उपाध्यक्ष लक्ष्मी थापालगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।