बिदेशमा बस्ने नेपालीले बिदेशबाट मतदान गर्न पाउनु पर्छ भनेर सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिदा पनि यो कार्यान्वयन गराउन सरकार र दलहरु उदासीन देखिएका छन् । तर सुन्दा धेरैलाई अचम्म लाग्ला आजभन्दा ५३ बर्ष अघि राष्ट्रीय पन्चायत सदस्यमा स्नातक तह पास गर्ने समूहबाट हुने निर्वाचनमा विदेशमा रहेका नेपाली मतदाताहरुलाई समेत मतदानको व्यवस्था गरिएको थियो । विश्वका विभिन्न देशमा रहेका नेपाली स्नातकहरुले आफूलाई पायक पर्ने मुलुकमा राखिएका मतदानस्थलमा पुगेर मतदान गर्न सक्थे । ती मतहरु नेपाल पठाएर गणना भएपछि मात्र अन्तिम मत परिणाम सार्वजनिक गरिन्थ्यो ।
२०२८ सालको राष्ट्रीय पन्चायत निर्वाचनमा वासिङ्टन डीसी, कायरो, रंगुन, पेकिङ, मस्को, नयाँदिल्ली, टोकियो, इस्लामावाद, बोन, लन्डन, पेरिस, ब्यांकक, ढाका, न्यूयोर्क र कलकत्ता सहित १५ ठॉउका नेपाली नियोगमा मतदान केन्द्र राखिएको इतिहास पाइयो । गैरआवासिय नेपाली संघका सस्थापक एवं पुर्व अध्यक्ष जीवा लामीछानेले आफ्नो फेसबुक पेजमा लेख्नु भएको समाग्रीलाई समाचार बनाईएको हो । विस्तृतमा अर्को समाचार बनाउने छौं । लामो समयदेखि गैरआवासिय नेपाली संघले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिन माग गर्दै आएको छ । विभिन्न राजनीतिक दलहरु पनि त्यसमा सकारात्मक रहेका छन ।