March 26, 2025, Wednesday
२०८१ चैत्र १२

काँग्रेसबाट मन्त्रि बन्नेहरु टुंगिए, एमालेको टुंगो लाग्न बाँकी

२०८१ असार ३२
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

910

 

नेपाली कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयका लागि प्रस्तावित मन्त्रीको नाम नाम टुंगो लगाएको छ। ९ जनाको नाम टुंगो लाग्दा शेखर कोइराला र गगन थापा नेतृत्वको समूहलाई ४ जनाको कोटा दिइएको छ। यस हिसाबले संस्थापन र इतर समूहबीच ५५ र ४५ प्रतिशतको भागबण्डा भएको देखिन्छ

कांग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, परराष्ट्र र वन मन्त्रालय परेका छन्। काठमाडौं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहले उपप्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन्। उनले ऊर्जा वा रक्षा मन्त्रालयको विभागीय जिम्मेवारी पनि पाउनेछन्। गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्रमा आरजु देउवा, वन वा कानुन मन्त्रालयमा अजय चौरसिया र सहरी विकासमा किशोरसिंह राठौरको नाम तय भएको छ। यी सबै संस्थापन समूहका हुन्।

यस्तै शेखर समूहको मन्त्री बन्ने चार जनामा स्वास्थ्यमा प्रदीप पौडेल, पर्यटनमा रामनाथ अधिकारी, कानुन वा कुनै एकमा हृदयराम थानी र ऊर्जा वा अर्को कुनै मन्त्रालयमा तेजुलाल चौधरीको नाम तय भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त भइसकेका छन्। उनले सोमबार शपथ लिँदैछन्। उनीसँगै कांग्रेस र एमालेबाट मन्त्रीको पनि टुंगो लगाइएको छ। काँग्रेसबाट मन्त्रि भएकाहरुमा प्रदिप पौडेल र रामनाथ अधिकारी पहिलोपल्ट मन्त्रि बन्दैछन । उता एमालेबाट मन्त्रि बन्नेहरुको टुंगो लागेको छैन । पुर्वराष्ट्रपति विधादेवि भण्डारी भेट्न गएका प्रधानमन्त्रि केपी ओलीलाई मन्त्रिको नामावली भिराएपछि केहि समस्या देखिएको बताइन्छ । सोमबारसम्ममा एमालेबाट पनि नाम कन्र्फम भएपछि सोमबारै सपथ ग्रहण गरिने कार्यक्रम रहेको छ ।