May 15, 2025, Thursday
२०८२ जेष्ठ २

नेपाल बार चुनावमा विजय र रमणबीच भिडन्त

२०८१ फाल्गुन २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

260

 

नेपाल बार एशोसिएसनको निर्वाचनले यतिखेर काुनन व्यवसायीहरु दौडधुपमा छन । २७ औं केन्द्रीय कार्यसमितिका लागि २३ चैतमा निर्वाचन हुँदैछ । निर्वाचनमा सत्ता र प्रतिपक्ष दल निकटका कानुन व्यवसायीले छुट्टाछुट्टै प्यानल बनाएका छन् । कांग्रेसको शुभेच्छुक संस्था डीएलए र नेकपा एमाले निकट पीपीएलएबाट चुनावी तालमेल गर्ने गरी उम्मेदवारी दर्ता गरेका छन् कांग्रेस निकट डिएलएबाट अध्यक्षमा विजय मिश्रले उम्मेदवारी दिएका छन् । मिश्रको प्यानलमा एमाले पक्षधर पीपीएलएबाट महासचिवमा केदार कोइरालाले उम्मेदवारी दिएका छन् । सत्ता पक्षमा रहेका दलबाट तालमेल भएको डीएलएका पूर्व अध्यक्ष योगेन्द्रबहादुर अधिकारीले जानकारी गराए ।
चुनावका लागि नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच तालमेल हुने भएको छ । विपक्षी दल निकट कानुन व्यवसायीहरूको संगठनले गरेको चुनावी तालमेलमा राप्रपा पक्षधरलाई पनि समेटिएको छ । माओवादी निकट कानुन व्यवसायीहरुको संगठन आरपीएलबाट रमण श्रेष्ठ अध्यक्ष र रास्वपा पक्षधर स्वतन्त्र कानुन व्यवसायी मञ्चबाट महासचिवमा यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन् ।

उम्मेदवार मनोनयन दर्ता आज ९२२ फागुन० भएको छ । महासचिवमा उम्मेदवारी दिएका न्यौपाने विपक्ष दल निकटका कानुन व्यवसायीले छुट्टै प्यानल बनाएको जानकारी गराए । नेपाली कांग्रेसको शुभेच्छुक संस्था डीएलए र नेकपा एमालेको पक्षको पीपीएलले बारको चुनावमा तालमेल गर्ने भएपछि विपक्षी दलहरु निकटका कानुन व्यवसायीले छुट्टै प्यानल खडा गरेका हुन् ।