May 15, 2025, Thursday
२०८२ जेष्ठ २

दिल्लीमा नेपाल महोत्सव –२०२५ को आयोजना हुने

२०८१ फाल्गुन १५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

385

एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले नयाँ दिल्लीमा नेपाल महोत्सव–२०२५ को आयोजना गर्दैछ । नेपाली दूतावासको सहयोगमा एभरेस्ट चेम्बरले आयोजना गर्न लागेको महोत्सवमा नेपालको व्यापार, पर्यटन, उद्योग, संस्कृति र व्यापारिक सम्भावनाहरूलाई प्रस्तुत गर्ने तयारी छ ।

अप्रिल ११,१२ र १३ मा दिल्लीको बाहृखम्बास्थित नेपाली दूतावास परिसरमै महोत्सव आयोजनाको तयारी गरिएको एभरेस्ट चेम्बरले जनाएको छ । चेम्बरका अध्यक्ष युवराज बरालले भारत र नेपालबीच आर्थिक सहकार्य, पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानलाई अझ सशक्त बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको बताए । उनका अनुसार महोत्सवले उद्यमीका साथै नीति निर्माता, लगानीकर्ता देखि संस्कृति प्रेमी र सर्वसाधारणलाई एक अर्कासँग सहकार्यको अवसर प्रदान गर्नेछ । इन्डो–नेपाल व्यापार तथा लगानी शिखर सम्मेलन–व्यापार तथा उद्योग क्षेत्रका उच्चस्तरीय छलफलहरु पनि चलाइने छ ।

त्यसबाहेक नेपाली खानाका परिकारहरू पनि महोत्सवको आकर्षणको केन्द्र बनाउने तयारी आयोजकले गरेको छ । सांस्कृति समारोह, नेपालका धार्मिक तथा साहसिक पर्यटन गन्तव्यहरूको जानकारी दिन स्टलहरू त्यहाँ राखिने बताइएको छ । आयोजक एभरेस्ट चेम्बरका महासचिव डा.मोहन कार्कीले महोत्सवले दुवै राष्ट्रका व्यवसाय तथा सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।