उत्तर भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भीड नियन्त्रण बाहिर गएपछि कैयौंको मृत्यु भएको आशंका गरिएको छ । घटनास्थलमा रहेका बीबीसीका पत्रकार विकास पाण्डेले धेरै एम्बुलेन्सहरू तीव्र गतिमा दौडिरहेको दृश्य देखेको बताएका छन् । हालसम्म कति मानिस घाइते वा मृत भएका छन् भन्ने आधिकारिक पुष्टि भएको छैन । एक अधिकारीले “केही मानिसहरू घाइते भएका छन्, तर कोही गम्भीर अवस्थामा छैन “ भनेका छन् ।
कुम्भ मेला प्रत्येक १२ वर्षमा एकपटक आयोजना गरिन्छ र यो विश्वकै सबैभन्दा ठूलो धार्मिक सभाको रूपमा चिनिन्छ । बुधबार मेलाको सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ, र अधिकारीहरूले १० करोडसम्म श्रद्धालुहरू उपस्थित हुन सक्ने अनुमान गरेका छन् । त्यस मेलामा नेपालबाट हजारौ मानिसहरु सहभागी भएका छन ।