February 8, 2025, Saturday
२०८१ माघ २६

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले सार्वजनिक गरे आफ्नो एक बर्षको आम्दानी

२०८१ बैशाख ६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.1K

 

हरेक मानिसलाई लाग्न सक्दछ की संसारकै पावरफुल व्यक्ति अमेरिकी राष्ट्रपतिले कति पैसा कमाउलान ? संसारभरीबाट अमेरिकालाई हेर्ने र सोच्ने व्यक्तिको जिज्ञासा स्वाभाविक पनि हो । संसारका ठुला र पावरफुल भनिएकाहरु प्रायजसो पारदर्शी हुँदैनन त्यसमा पनि राजनीतज्ञहरु अपारदशी हुन्छ भन्ने भाष्य सामान्य हो । उनिहरुका आय विवरण प्राय गुपचाुप राखिन्छ तर अमेरिकी राष्ट्रपति जो बाईडेन त्यस्ता नेता हुन उनि हरेक बर्ष आफ्नो आम्दानी सार्वजनिक गर्दछन , चाहे उनि पदमा होस वा नहोस विगत २६ बर्षदेखि उनले आफ्नो विवरण सार्वजनिक गर्दै आएका छन । राष्ट्रपति बाईडेनले यस बर्ष पनि आफ्नो आफ्नो ट्याक्स फाइलको कागजात सार्वजनिक गरेका छन् । ट्याक्स फाइल गर्ने अन्तिम मितिमा जारी गरेको संयुक्त ट्याक्स रिटर्न अनुसार बाइडेन दम्पत्तिले सन् २०२३ मा ६ लाख १९ हजार ९ सय ७६ डलर कमाएका छन् भने संघीय करबापत १ लाख ४६ हजार ६ सय २९ डलर तिरेका छन् । दम्पत्तिले २३ दशमलव ७ प्रतिशत संघीय कर दर भुक्तान गरेका छन् । त्यो आम्दानी बाईडेन दम्पतिको हो । त्यहि अमेरिकामा पुर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कहिल्यै पनि यस्ता विवरण सार्वजनिक गर्दैनन ।


पूर्व राष्ट्रपतिहरु सबैले आफ्नो ट्याक्स फाईल सार्वजनिक गर्ने परम्परा रहँदै आएकोमा डोनाल्ड ट्रम्पले भने ट्याक्स फाइलका कागजातहरू सार्वजनिक गर्न अस्वीकार गरे । अमेरिकी जनतासँग पारदर्शी हुने आफ्नो प्रतिबद्धतालाई फेरि एक पटक देखाउँदै राष्ट्रपति बाइडेनले ट्याक्स फाइलका कागजात सार्वजनिक गरेको ह्वाइट हाउसले एक विज्ञप्तिमा बताएको छ । बाइडेन दम्पत्तिको आम्दानी सन् २०२२ को तुलनामा बढेको छ । उक्त बर्ष उनीहरुको आम्दानी ५ लाख ७९ हजार ५१४ डलर रहेको थियो । गत बर्षको तुलनामा उनिहरुले आफ्नो आम्दानी बढेको देखिन्छ । सन् २०२३ मा बाइडेनले राष्ट्रपतिको तलबका रुपमा ४ लाख डलर कमाएका छन् । जिल बाइडेनले नर्दन भर्जिनिया कम्युनिटी कलेजमा पढाएबापत ८५ हजार ९ सय ८५ डलर कमाएकी छिन् ।


त्यसैगरी उपराष्ट्रपति कमला ह्यारिस र पति डग एमहोफले २०२३ मा संघीय आयकरमा ८८ हजार ५ सय ७० डलर तिरेको तथ्य सार्वजनिक गरेका छन । यो दम्पत्तिले सन् २०२३ मा ४ लाख ५० हजार २ सय ९९ डलर कमाएका थिए ।