March 26, 2025, Wednesday
२०८१ चैत्र १३

प्रधानन्यायाधीशमा प्रकाशमान सिंहको नाम सर्वसम्मतिले अनुमोदन

२०८१ आश्विन १७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

670

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको छ।  बुधबार बसेको संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मतले अनुमोदन गरेको समिति सदस्य इश्वरी घर्तीले जानकारी दिइन्।

संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरू भएको थियो। उनीविरूद्ध समितिमा ६ वटा उजुरी परेका थिए। समितिले राउतविरूद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो।