Newyork Time 10:03 am
July 18, 2024, Thursday
२०८१ श्रावण ३

१ रनले हारेसँगै नेपाल विश्वकपबाट बाहिरियो

२०८१ असार २
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

270

 दक्षिण अफ्रिका विरुद्ध १ रनले पराजीत भएसँगै नेपाल आइसिसी टि-२० विश्वकपबाट बाहिरिएको छ । दक्षिण अफ्रिका विरुद्धको पहिलो भेटमा नेपाल १ रनको झिनो अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो ।

अन्तिम दुई ओभरमा नेपाललाई जितक लागि १६ रन चाहिएको थियो । १९औं ओभरको दोस्रो बलमा एनरिक नोर्टजेले कुशल मल्ललाई १ रनमा बोल्ड गराए । पाँचौं बलमा सोमपाल कामीले छक्का प्रहार गरे । अन्तिम बलमा उनले दुई रन प्रहार गरेपछि अन्तिम ओभरमा ८ रनको आवश्यकता रह्यो ।

अन्तिम ओभरको पहिलो दोस्रो बलमा बार्टमनले गुलशनलाई डट बल गरे । तेस्रो बलमा गुलशनले चौका प्रहार गरे । चौथो बलमा उनले दुई रन लिए । पाँचौं बल भने डट बल रह्यो ।

अन्तिम बलमा जितका लागि २ रन चाहिएकोमा गुलशनले कुनै शट खेल्न सकेनन् । बाईमा रन लिने क्रममा उनी रन आउट भए र नेपाल पराजित हुन पुग्यो ।

नेपालका दुवै ओपनरले राम्रो सुरुवात दिलाएका थिए । तर तब्रेज शम्शीको आठौ ओभरमा नेपालले दुई महत्वपूर्ण विकेट गुमाउन पुगेको थियो । सो ओभरको दोस्रो बलमा रिभर्स स्विप खेल्ने क्रमममा कुशल भुर्तेल बोल्ड भए । उनले २१ बलमा १३ रन बनाए । चौथो बलमा शम्शीले कप्तान रोहित पौडेललाई शून्यमा बोल्ड नै गराए ।

चौथो विकेटका लागि भने ओपनर आशिफ शेख र अनिल साह मिलेर ५० रनको साझेदारी गरेका थिए । सो साझेदारी १४औं ओभरमा दक्षिण अफ्रिकाका कप्तान एइडन मार्क्रमले तोडे । तेस्रो विकेटका रुपमा अनिल २४ बलम ३ चौका र १ छक्का सहित २७ रन बनाएर क्याच आउट भएका थिए ।