April 23, 2025, Wednesday
२०८२ बैशाख ११

गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त

२०८१ भाद्र १४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

510

मन्त्रिपरिषद बैठकले एकनारायण अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई भदौ १५ गतेदेखि लागू हुने गरी मुख्यसचिव बनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।

अर्याल हाल गृहसचिव छन्। तत्कालीन मुख्यसचिव लीलादेवी गड्तौला उमेरहदका कारण भदौ १४ गते अवकाशमा जाँदैछिन्।

उनी स्याङ्जाको किसान परिवारमा जन्मिएका हुन् । स्याङ्जामा विद्यालय शिक्षा पूरा गरेर पोखराको पृथ्वीनारायण क्याम्पसमा कानुन विषय लिएर पढाइ अगाडि बढाए ।उनी पहिलो पटक नायब सुब्बाका रुपमा ४ माघ २०४६ मा सरकारी सेवामा प्रवेश गरे । शाखा अधिकृतदेखि सहसचिवसम्म उनी फाइल बढुवा कुरेनन् । सुब्बाबाट नेपाल प्रशासन सेवाको सामान्य प्रशासन समूहको शाखा अधिकृतमा नाम निकाल्न ५ वर्ष लाग्यो । ४ फागुन २०५१ मा उनी शाखा अधिकृत भए । उनले अधिकृतका रुपमा तत्कालीन पर्यटन तथा संस्कृति मन्त्रालय, निर्वाचन आयोग, वन मन्त्रालय लगायतका निकायमा काम गरे ।

त्यसको सात वर्षपछि उनले उपसचिवमा नाम निकाले । ६ माघ २०५८ मा उपसचिव बनेका अर्याल १९ फागन २०६७ मा सहसचिव भए । सहसचिवका रुपमा नाम निकालेपछि उनी प्रायः आकर्षक पदहरुमा नै रहे र सानोमा राखेको लक्ष्य हासिल गरे ।