जलाई ६ तारिक आइतवार विश्वचर्चित धर्म गुरु दलाई लामाको ९०औँ जन्मदिन । आजैका दिन लामाले आफ्नो पुर्नजन्म अर्थात नयाँ उत्तराधिकारी घोषणा गर्नेछन । बुधवारदेखि लामा बसेको धर्मशालामा तीन–दिने १५औँ तिब्बती धार्मिक सम्मेलन सम्पन्न भएको छ । लामाको जन्मोत्सव तिब्बती लुनार क्यालेन्डर बमोजिम आईबार ६ तारिक दलाई लामाको जन्म दिन पर्छ ।

जन्मोत्सवका कार्यक्रमहरूमा भाग लिन ७ हजार पाहुना आउने जसमा देशी विदेशी पाहुना विशिष्ट व्यक्तिहरु कैयन् भारतीय मन्त्रीहरू आलने लिष्ट छन । विगतमा दलाई लामाले आफ्नो उत्तराधिकारीबारे आफ्नो ९०औँ जन्मदिन ताका विस्तृत बताउने भनेका थिए । यी नोबेल शान्ति पुरस्कार विजेता तिब्बती आध्यात्मिक अगुवालाई विगतमा यस ६०० वर्ष पुरानो संस्था कायम राखिरहने वा नरहने भन्ने दुबिधा थियो । केही वर्ष अगाडि उनले आफ्ना उत्तराधिकारी महिला पनि हुन सक्ने वा कोही पनि नहुन सक्ने भनेका थिए । तर पछिल्ला समयमा उनले यदि निर्वासनमा बसिरहेका तिब्बती समुदायमाझ बहुमत समर्थन छ भने जुन छ – उक्त संस्था निरन्तर रहने र उनको कार्यालयले उत्तराधिकारी छान्ने बताएका थिए ।
उत्तर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका बौद्ध धर्मका आध्यात्मिक गुरु दलाई लामाले आफ्नो उत्तराधिकारीसम्बन्धी बहुप्रतीक्षित घोषणाको विषयलाई लिएर चिन सरकारले असहमति प्रकट गरिरहेको छ । आखिर किन यो अवस्था आयो । दलाई लामाले आफ्नो भावी पुर्नअवतार पहिचान गर्ने प्राधिकार केवल गादेन फोड्राङ् ट्रस्टसँग मात्रै रहने बताएका छन । उक्त ट्रस्टको स्थापना उनै दलाई लामाले गरेका हुन् । चीनले तिब्बतमा नियन्त्रण जमाउन आफ्नै उम्मेदवार थोपर्ने कोसिस गर्ला भन्ने चिन्ताका माझ उनको सो घोषणा आएको बताइएको छ । त्यसैले चिनले लामाको भनाई आपत्ति जनाएका हुन ।
दलाई लामाले उनका उत्तराधिकारीबारे कुनै सङ्केत दिने अपेक्षाका माझ सयौँ अनुयायीहरू निर्वासित जीवन बिताइरहेका आफ्ना आध्यात्मिक गुरुको ९०औँ जन्मोत्सव मनाउन उत्तर भारतमा भेला भइरहेका छन् । सोही अबसरमा गत बुधवार दलाई लामाले एक भिडिओ सन्देश जारी गर्न लागेको उनको कार्यालयले बीबीसीलाई बताएको थियो । तर उनले त्यसमा के भन्न लागेका छन् भन्ने चाहिँ प्रस्ट भएको थिएन । उनको घोषणालाई धर्मशालामा आयोजित १५औँ तिब्बती धार्मिक सम्मेलनले सर्वसम्मत रूपमा समर्थन गरेको एकजना सहभागी बताएका थिए । सन् १९५९ मा चिनियाँ शासनविरुद्ध तिब्बतमा भएको विद्रोह विफल भएपश्चात् दलाई लामा भागेर भारत पुगेका थिए ।
उत्तर भारतको पर्वतीय नगर धर्मशालामा उनले निर्वासित सरकारको गठन गरे । तिब्बतमा चीनको कडा नियन्त्रणको विरोध गर्नेहरूले उनलाई शक्तिको एक वैकल्पिक स्रोतका रूपमा लिंदै आएका छन । आफ्नो उत्तराधिकारी चीनभन्दा बाहिर जन्मने भनेर दलाई लामाले बताउँदै आएको कारण त्यस टिप्पणीले चीन क्रुद्ध भएको बताइएको छ ।
तिब्बतको हैसियतलाई लिएर दलाई लामाले सदा ’मध्य मार्ग’ – चीनभित्र सच्चा स्वशासन – को वकालत गर्दै आएको भए पनि बेइजिङले उनलाई पृथकतावादी भन्दै आएको छ । आफ्नो शासनमा तिब्बतका मानिसहरूको जीवनस्तर निकै सुधारिएको चीनको भनाइ छ ।
दलाई लामाको संस्था तिब्बती सङ्घर्षको क्रममा एकदमै महत्वपूर्ण हो । तिब्बती पहिचानको यो प्रतीक हो र उनिहरुकोे आध्यात्मिक शरणको मार्गदर्शक केन्द्र हो ।
तिब्बती मान्यता मान्यता अनुसार तिब्बती बौद्धमार्गीहरूले उनीहरूका वरिष्ठ गुरुहरूको पुनरअवतार हुने विश्वास गर्छन् । पूर्ववर्ती दलाई लामाको आत्मा रहेको भनेर बौद्ध अधिकारीहरूले ठम्याए भने तिनलाई नयाँ दलाई लामाको रूपमा चयन गरिने चलन छ । अहिलेका १४औँ दलाई लामाको जन्म सन् १९३५ को जुलाई ६ मा उत्तर पूर्वी तिब्बतको एक गरिब किसान परिवारमा भएको थियो । उनको नाम ल्हामो धोन्दुप थियो । उनी दुई वर्षको हुँदा दलाई लामा पहिचान गर्ने बौद्ध अधिकारीहरूको टोलीले उनलाई विगतका १३ दलाई लामाका पुर्नअवतार भएको ठम्याएका थिए । उनको आधिकारीक जीवनीअनुसार पूर्ववर्ती दलाई लामाहरूका सामान उनलाई देखाउँदा उनले चिनेपछि प्रमाण पुगेको थियो । ती बालकले १३औँ दलाई लामाका व्यक्तिगत सामान देखाउँदा ’मेरो हो, मेरो हो’ भनेका थिए । चार वर्ष पुग्नु अगावै दलाई लामाको मान्यता पाएका उनको शिक्षादीक्षा एक तिब्बती गुम्बामा भयो । बौद्ध दर्शनशास्त्रमा उनले विद्यावारिधि गरेका छन् ।
सन् १९५० मा जब उनी १५ वर्ष उमेरका थिए तब माओत्से तुङ् नेतृत्वको नयाँ चिनियाँ कम्युनिस्ट सरकारले तिब्बतमा सेना पठायो । एक वर्षपछि चीनले तिब्बतलाई गाभ्ने उसको कामलाई वैधानिकता दिने गरी १७ बुँदे सहमति बनायो । सन् १९५९ मा चिनियाँ शासनको अन्त्यको माग गर्दै भएको तिब्बती विद्रोहको दमन भयो र हजारौँ विरोधीहरू मारिए ।
दलाई लामा आफ्ना १० हजार अनुयायीका साथ हिँडेरै भारततर्फ भागेका थिए । उनी धर्मशालामा बसे र त्यहीँबाट निर्वासित सरकारको सञ्चालन गर्न थाले । सन् २०११ मा उनले आफ्नो राजनीतिक भूमिका त्यागे तर तिब्बती बौद्धमार्गको उच्च आध्यात्मिक गुरुका रूपमा भने रहिरहे । उनीसँगै तिब्बतबाट भागेका कतिपय मानिस अझै पनि तिब्बत फर्कने सपना देख्छन् । तर चिनिया सरकारको कारण फर्किन कठिन छ ।





