नेपालको संसद भवनमा संसद बैठक बसिरहेको बेला एक ड्रोन संसदमा उडेर भित्तामा ठोकिएर खसेको घटना यतिबेला खासै चुपचाप छ ।सो ड्रोन कसरी के प्रयोजनका लागि प्रयोग गरिएको थियो हाल सम्म खुलेको छैन । बानेश्वरस्थित संघीय संसद भवनको परिसरभित्र ड्रोन खसेको हालैको घटनाले सांसदहरूबीच गम्भीर सुरक्षा चिन्ता उत्पन्न गराएको छ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय संसद् भवन परिसरमा ड्रोन खसेको बताउँदै त्यसबारे सोधखोज गरे तर यथार्थ अझै गुपचुप छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद खतिवडाले गत २३ गते बेलुकी ९ देखि साढे ९ बजेको समयमा संसद् भवनको बायाँपट्टिको स्थानमा ड्रोन खसेको बताएका छन । उक्त ड्रोन कहाँबाट आयो ? किन आयो ? भन्नेबारे उनले चासो राखेका हुन् ।
‘२०८२ साल असार २३ गते बेलुकी ९ बजेदेखि साढे ९ बजेको समयमा यही संसद्को बायाँपट्टि एउटा ठूलो ड्रोन आएर खस्यो भन्ने समाचार प्राप्त भयो’ सांसद खतिवडाले भने, ‘कहाँबाट आएको थियो ड्रोन ? के का लागि आएको थियो ? संसद्मा आएर खस्दासम्म संसद्ले थाहा पायो वा पाएन ?’ ड्रोनबाट विभिन्न सूचना लिने काम भएको र अन्तर्राष्ट्रिय रुपमा आतंकवादी गतिविधि समेत भइरहेको बेलामा उक्त विषय गम्भीर रहेको सांसद खतिवडाको भनाइ थियो ।
‘यस्ता विभिन्न ठाउँमा ड्रोनबाट सूचना लिने कामहरू भएको र अन्तर्राष्ट्रिय रुपमा आतंकवादी गतिविधि भइरहेको बेला यस्तो गम्भीर चासोको विषयमा के भएको हो ?,’ खतिवडाले प्रश्न गरेका थिए । केहि ड्रोनका बारेमा जानकारहरु त्यो संसदभवन भित्र ड्रोन खस्नुलाई निकै संवेदनशिल ठान्ने बताए । यो बेला नेपालको संसदभित्र खस्नु निकै संवेदनशिल विषय हो तर संसदले त्यसलाई खासै चासो राखेजस्तो लागेन । यदि चासो राख्थ्यो भने संसद भित्र होईन संसद परिसरमा पनि त्यस्ता ड्रोनहरु उड्न नसक्ने बनाउनु जरुरी हुन्छ । दलहरु त्यसमा त्यति संवेदनशिल नभएको ती वित्रले बताए । यहिले समयमा कुनै श्रोत वा समुहले संसदको सुचना लिक गर्न अनेकन डिभाईस प्रयोग गर्न सक्ने भएकोेले सचेत हुनुपर्ने बताएका छन । श्रोतका अनुसार बाहिर चुपचाप बसे पनि संसदले त्यसको खोजी गरिरहेको बताइएको छ । प्रहरीले खसेको ड्रोन नियन्त्रणमा लिएर फरेन्सिक परीक्षणका लागि पठाएको बताइएको छ । प्रारम्भिक अनुमान अनुसार यो प्राविधिक समस्याका कारण आकस्मिक रूपमा खसेको हुन सक्ने विश्वास गरिए पनि अन्य आशंका पनि जिवितै छ ।
ड्रोनलाई निगरानी वा आतंककारी गतिविधिका लागि दुरुपयोग गर्न सकिने सम्भावना भएकाले यस्ता घटनाहरूलाई गम्भीर रुपमा लिनु आवश्यक छ । नेपालको राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै संघीय संसदलगायत सरकारी भवनहरूको आसपास ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ तर कसरी त्यहा खस्यो ? प्रश्न अनुत्तरित छ । नेपालमा विशेषगरी संवेदनशील क्षेत्रहरू वा निजी सम्पत्तिमा सामान्य प्रयोगभन्दा बाहिर ड्रोन उडाउन गृहमन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलगायत सम्बन्धित निकायबाट अनुमति लिनु अनिवार्य छ । ड्रोन नियमको उल्लङ्घन गर्दा जरिवाना, ड्रोन जफत, वा कानुनी कारवाही समेत हुनसक्छ ।





