नेपालस्थित अमेरिकी दुतावासले आफ्ना नागरिकहरुमाथी सुरक्षित रहन भन्दै सुचना जारी गरेको छ । दुतावासले आफ्नो फेसबुक पेजमा हाम्रा टोलीहरू नेपालमा र विश्वभर निरन्तर रूपमा निगरानी गरिरहेका छन् र विदेशमा रहेका अमेरिकी नागरिकहरूको सुरक्षा र सुरक्षालाई असर पार्न सक्ने विषयहरूबारे जानकारी गराइरहेका छन्। दुतावासले अमेरिकी नागरिकहरूले कुनै पनि सुरक्षा सम्बन्धी जानकारी र इमेल सूचनाहरू प्राप्त गर्नका लागि भन्दै अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको स्मार्ट ट्राभलर ईन्रोलमेन्ट कार्यक्रम स्टेपमा विश्वको जुन कुनै कुनामा भए पनि आआफ्नो सुचना वा नाम दर्ता गर्न अनुरोध गरेको छ । यदि कसैलाई पनि आफुमाथी असुरक्षित महसुश हुन्छ भने वेबसाइटको लिंकमा नाम दर्ता गर्न भन्दै आग्रह गरिएको छ ।


खास गरी ईजरेल र अमेरिकाद्धारा ईरानमा आक्रमण भएपछिको अवस्थालाई लिएर अमेरिकाले विश्वभर रहेका आफ्ना नागरिकलाई सुरक्षा दिन हरेक देशमा रहेका दुतावासद्धारा सार्वजनिक सुचना जारी गर्दै सुरक्षित रहन भनेको हो । तपाई कोही पनि नेपालमा हुनुहुन्छ भने र केहि असुक्षित महसुश भएको छ भने त्यस लिंकमा गएर नाम दर्ता गरेपछि सुरक्षाको प्रत्यभुति गराउने उल्लेख छ । पछिल्लो समय इरानले कतार दुबई, बहराईन कुवेत लगायत खाडी राष्ट्रमा आक्रमण शुरु गरेपछि अमेरिकाले आफ्नो नागरिकलाई स्वदेश फर्कन भन्दै सुचना जारी गर्दै स्वदेश फर्काएका छन ।





