• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

हर्मुजामा ईरान कमजोर भईसकेको अमेरिकी सेनाको दावी

  •  खबरमाला संवाददाता
  • २०८२ चैत्र ८, आईतवार ०२:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी सेनाको सेन्ट्रल कमान्ड(सेन्टकम) ले स्ट्रेट अफ होर्मुजमा इरानले जहाजहरूलाई धम्की दिने क्षमता कमजोर पारेको दाबी गरेको छ । अमेरिकाको पछिल्लो आक्रमणपछि होर्मुज क्षेत्रमा प्रयोग हुने शक्ति कमजोर पारेको सेन्टकमको दाबी छ ।

    सेन्टकमका कमान्डर ब्राड कुपरले सामाजिक सञ्जाल एक्समा भिडिओ सन्देश सार्वजनिक गरेर यसै हप्ता गरिएको आक्रमणमा इरानका क्रुज मिसाइल र अन्य हतियार भण्डारण गर्ने भूमिगत संरचना नष्ट पारेको बताएका छन् ।

    उनका अनुसार उक्त आक्रमणमा हतियार भण्डारणस्थल मात्र नभई जहाजहरूको आवागमन निगरानी गर्न प्रयोग हुने गुप्तचर सहयोगी केन्द्रहरू तथा मिसाइल रडार प्रणालीसमेत ध्वस्त पारिएको छ ।

    ‘जसको परिणामस्वरूप होर्मुज वरपर जहाजहरूको स्वतन्त्र आवागमनमा खतरा पुर्‍याउने इरानको क्षमता कमजोर भएको छ,’ कुपरले भनेका छन्, ‘र, हामी यस्ता टार्गेटहरूलाई निरन्तर निशाना बनाउँदै जानेछौँ ।’

    भिडिओ सन्देशमै कुपरले हालसम्म अमेरिकाले ८ हजार भन्दा बढी ,2००० इरानी सैन्य हरूमा आक्रमण गरिसकेको बताउँदै जसमा १३० वटा इरानी समुद्री जहाज पनि परेको बताएका छन् ।

    अमेरिकाले मध्यपूर्वमा आफ्नो दोस्रो मरीन एक्सपेडिसनरी युनिट पठाएको छ। करिब २,२०० मरीन सैनिक र तीन युद्धपोत समावेश यो युनिट क्यालिफोर्नियाबाट प्रस्थान गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। पहिलो युनिट, जुन प्यासिफिकबाट आएको थियो, अझै पनि उक्त क्षेत्रमा जाँदैछ। यो दोस्रो युनिटलाई आफ्नो स्थानमा पुग्न केही हप्ता लाग्ने अनुमान छ।

    –बीबीसीबाट

    Post Views: 55
    प्रकाशित मिति: २०८२ चैत्र ८, आईतवार ०२:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.