• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख ७, सोमबार ०२:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नयाँ सरकार बनेलगत्तै सिंहदरबारमा सकारात्मक परिवर्तनका संकेतहरु देखिएका छन । विगतमा सरकारको नेतृत्व गर्नेहरुले बालुवाटारलाई केन्द्र बनाउँदै आएकोमा यतिखेर बालेन सरकारले सिहदरबारबाट चलेका छन । हिजोजस्तो नभै आजकाल सिहंदरबारबाट शान्त वातावरणमा शासन चलेको अनुभुति भएको छ । प्रधानमन्त्रि बिहानै ९ बजे कार्यलय पुग्छन र बेलुका ५ बजेसम्म बसेर अनावस्यक भेटघाट नगरी नियमित काममा व्यस्त देखिएको छ । विगतमा जस्तो विचौलिया र राजनीतिक दलहरुको सरुवा बढुवाको अनावश्यक चलखेल नभै हिजो आज कर्मचारी प्रशासन नियमित काममा छ भने अनावश्यक भेटघाटहरुमा पुर्णविराम लागेको जनताले अनुभुत गरिएको छ । पछिल्लो समय देखिएको सकारात्मक परिवर्तन हुन ।

    अर्को महत्वपुर्ण विषय सरकारले मन्त्रिहरुलाई गुण र दोषका आधारमा हटाउने कार्य शुरु भएको छ । विगतमा गठबन्धन सरकार हुने हुनाले मन्त्रिहरु आफ्नो दलको पक्षमा काम गर्ने परम्परा बनेको छ । यसबाट के देखिन्छ भने मन्त्रिहरुले जे मन लाग्यो त्यहि गर्ने मनोमानी परम्परा कम हुने देखिन्छ । मन्त्रिहरु मन्त्रिपरिषदप्रति जिम्मेबार हुनुपर्दछ भन्ने मान्यता स्थापित गर्ने प्रयास भएको देखिन्छ । साथै विगतमा जस्तो दिनहुँ उद्घाटन र खादा माला लगाउँदै हिड्ने काममा वर्तमान सरकार पुर्ण सचेत देखिन्छ जुन कार्य प्रशंसनीय छ । यस्तो अनावश्यक कार्यमा समय नदिंदा मन्त्रि र सरकारलाई काम गर्न र नतिजा देखाउन सकिन्छ ।

    त्यसैगरी आम जनताको व्यापक समर्थनबाट बनेको वर्तमान बालेन सरकारको पछिल्लो कुटनीतिक व्यवहार संतुलित देखिएको छ । प्रधानमन्त्रि भएपछि पहिलोपल्ट १७ देशका कुटनीतिज्ञहरुसंग गरिएको भेटघाट कुटनीतिक हिसाबले सन्तुलित देखियो । हुन त यतिखेर छोटो समयमा सरकारको कामको मुल्यांकन गर्ने बेला अलिक छिटै हुन्छ, तर पनि विगतका सरकारहरुको तुलनामा यो सरकारले शुरु गरेको कुटनीतिक शैलि सन्तुलनपुर्ण देखिन्छ । सरकार सञ्चालन केवल आन्तरिक मामिलामा सीमित हुन्न, यो बाह्य सम्बन्धहरूलाई सन्तुलित बनाउने कला पनि हो। राजनीतिको भाषामा जसलाई कूटनीति भनिन्छ ।
    अहिलेको विश्वमा त्यो अन्तर्राष्ट्रिय सम्बन्धका आयामहरूमा खेल्ने कौशल हो। यस्तो, कुशलतामा कतिपय सन्दर्भमा नेपालले विगतमा निकै गंभीर भुल कमजोरी देखाउँदै आएको भनेर आलोचित पनि छ, त्यसको कारण हाम्रो राज्यका पदाधिकारीको केटौलीको उपज हो। बालेन्द्र शाह नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारसँग शंका गरिएको एउटा विषय परराष्ट्र सम्बन्ध हो। जुन विषयमा व्यापक आशंका हुँदै आएको बेला सरकारको सन्ुतलित शैलिको प्रशंसा गर्नु पर्दछ । विगतमा हाम्रा पुराना पार्टी र तिनका नेताहरूले पनि थुप्रैपटक कूटनीतिक सम्बन्ध अर्थात् विदेशहरूसँगको व्यवहारमा कच्चापन नदेखाएका होइनन्।

    परराष्ट्र सम्बन्ध भनेको देशको स्थिर नीति हुनुपर्छ। सरकार फेरिन सक्छ तर सम्बन्ध अविछिन्न रहन्छ। यसै पनि सरकार आफंैमा अविछिन्न उत्तराधिकार संस्था हो। नेपालको कूटनीतिक अर्थात् परराष्ट्र सम्बन्ध पञ्चशीलमा आधारित छ। हामी कुनै द्वन्द्वमा सामेल नहुने र कसैको पक्ष, विपक्षमा नरहने असंलग्न नीति अँगाल्छौं। प्रधानमन्त्री शाहले पनि यसैलाई आत्मसात् गरी कूटनीतिक सम्बन्ध कायम राख्नुपर्छ। शाहले बुधबार कूटनीतिज्ञहरूसँग सोही अनुरूपको सन्देश प्रवाह गरेर पनि आफ्नो परिपक्वता देखाएका छन्। हामीले हाम्रा मित्र देशहरूसँगको सम्बन्ध अझै प्रगाढ बनाउने उनको सन्देश उचित छ। नेपालको कूटनीतिक इतिहासमा व्यक्तिगत भेटघाटले बढी प्र श्रय पाउँदै आएको थियो। यसपटकको सामूहिक भेटले कूटनीतिक पारदर्शिताको संकेत गरेको छ। समग्रमा यति बेलासम्म गृह मन्त्रालयको कानुन कार्यन्वयन गर्ने केहि राजनीतिक दलहरुप्रति गरिएको धरपकडको सन्र्दभबाहेक वर्तमान सरकारको कार्यशैली प्रशंसनीय छ । झण्डै दुई तिहाई पाएको वर्तमान सरकारले कानुनलाई हातमा लिएर अनावश्यक धरपकड नगरी कानुनी शासनको पक्षमा काम गर्नु जरुरी छ ।

    Post Views: 12
    प्रकाशित मिति: २०८३ बैशाख ७, सोमबार ०२:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का
    अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू
    प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • २. अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू

    • ३. प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल

    • ४. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    • ५. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.