• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख २५, शुक्रबार ०४:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संवैधानिक परिषद्ले बिहीबार वरिष्ठताक्रम मिचेर सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गरेको छ । संवैधानिक परिषद्ले बिहीबार गरेको प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गम्भीर असहमति जनाएकी छिन् ।  संवैधानिक र अरू सबै प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश समेत रहेकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल नै सक्षम रहेको उनको तर्क छ । ‘यति योग्यताले भरिएको महिला, यति सक्षम महिला, कुन कुरामा कमी थियो त्यो महिलामा ?’ कार्कीले प्रश्न गर्दै भनिन्, ‘यसको परिणाम त यही सरकारले पछि भोग्नुपर्छ ।’ योग्यताले भरिएको एक सक्षम महिलालाई रोक्ने काम सरकारबाट भएको भन्दै यसको परिणाम पनि वर्तमान सरकारले नै भोग्नुपर्ने उनको भनाइ थियो ।

     

    नयाँ प्रधानन्यायाधीश सिफारिसमा रोलक्रम तोडिएपछि सरकारमा आउने जो कोहीले आफू अनुकूलको न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने अभ्यास दोहोरिन्छ । जसले गर्दा प्रधानन्यायाधीश पदका लागि न्यायाधीशहरूले सत्ताप्रति बफादार हुनसक्ने जोखिम बढ्छ ।‘राज्यको तीनवटा संस्था हुन्छन् । सबै संस्थाको आफ्नो एउटा प्रतिष्ठा हुन्छ, गर्व हुन्छ  । प्रहरीमा कसरी नियुक्ति हुन्छ ? अगाडि अगाडि छानिंदै आउँछ नि ! एउटा सिपाही पनि प्रमोसन पाउँदै पाउँदै माथि पनि आएको हुन्छ’ उनले भनिन्, ‘न्यायाधीशको पनि त्यस्तै प्रमोसन हुँदै हुँदै आएको हुन्छ ।  सर्वोच्चमा नियुक्ति भए पनि त्यहाँ पनि त योग्यता अनुसार हुन्छ । अलिकति योग्यता नभएको भए त बीचमा ड्रप गर्न सकिन्छ नि !’ उनले आफू प्रधानन्यायाधीश हुँदा विश्वको तेस्रो महिला प्रधानन्यायाधीश भनेर रिपोर्ट आएको प्रसंग उल्लेख गर्दै त्यसप्रति अहिलेको सरकारले सोच्दै नसोची निर्णय लिएको बताइन् ।

    ‘अहिले जुन सपनाजी हुनुहुन्छ, उहाँ कुनै अयोग्य मान्छे होइन । उहाँले जीवनभर वकालत गर्नुभएको हो। उहाँले आईएनजीओ र एनजीओ बीच पनि वकालत गर्नुभएको छ । कानून बनाउनलाई मद्दत गर्नुभएको हो’, उनले भनिन् । देशमा महिला सम्बन्धी कानून ल्याउनका लागि सपना प्रधान मल्ल जस्ता पात्रहरूको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

    यो विषयले न्यायिक क्षेत्र तरंगित छ । संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहको जोडबलमा वरीयताको चौथो नम्बरका न्यायाधीश डा. मनोजकुमार शर्मा सिफारिस हुँदा सपना प्रधान मल्लको प्रधानन्यायाधीश हुने बाटो बन्द भएको छ । अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले विधि र परम्परा तोडेर चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै रोष प्रकट गरिन् ।

    रोलक्रम मिचिएको पहिलो अभ्यास

    १९९७ सालमा प्रधान न्यायालय स्थापना भएयताको ८५ वर्षे नेपाली न्यायिक इतिहासमा वरिष्ठताक्रमको रोलक्रम तोडेर प्रधानन्यायाधीश सिफारिस भएको यो दोस्रो घटना हो । २००७ सालको क्रान्तिपछि २००८ सालमा राणा न्यायाधीशहरूको रोलक्रम तोडेर हरिप्रसाद प्रधानलाई मुलुकको पहिलो प्रधानन्यायाधीश बनाइएको थियो ।

    साउन, २०७५ मा प्रधानन्यायाधीश सिफारिस दिपकराज जोशीलाई भने कार्यक्षमतामा प्रश्न उठाएर संसदीय सुनुवाइबाट अस्वीकृत गरिएको थियो । त्यसपछि वरिष्ठता क्रममा रहेका ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएका थिए । जोशीको हकमा पनि संवैधानिक परिषद्ले होइन, संसदीय सुनुवाइ विशेष समितिले नाम अनुमोदन नगरेकाले रोलक्रम तोडिएको थियो ।

    बालेन शाह प्रधानमन्त्री नियुक्त भएयता नै प्रधानन्यायाधीशको सिफारिसमा केही क्रमभङ्गता हुने चर्चा चलेको थियो । सुरुमा सिफारिसको छैठौं वरीयतामा रहेका तिलप्रसाद श्रेष्ठको नाम चर्चामा थियो, जसले न्यायपालिका सुधारको केही कार्ययोजनाको मस्यौदा नै तयार पारेका थिए ।

    त्यसपछि डा. मनोज शर्मा र डा. नहकुल सुवेदीको नाम चर्चामा थियो । यदि रोलक्रम अनुसार अघि बढेको भए करिव साढे दुई वर्षका लागि सपना प्रधान मल्ल अनि त्यसपछि कुमार रेग्मी प्रधानन्यायाधीश हुने थिए ।

    यसै सन्दर्भमा पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्कीसँग अनलाइनखबरका कृष्ण ज्ञवालीले गरेको कुराकानी :

    संवैधानिक परिषद्ले आज प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे तपाईंको धारणा के छ ?

    यस्तो विषयमा के प्रतिक्रिया दिनु र ! एक हिसाबले भन्दा,आफूले लगाएको जुत्ता फुकालेर आफ्नै गालामा हाने जस्तो भयो । मैले यस्तो होला भन्ने सोचेकी पनि थिइनँ । भन्यो भने तैंले नै बनाएको सरकार र प्रधानमन्त्री भन्छन् ।

    यति योग्यताले भरिएको सक्षम महिला (सपना प्रधान मल्ल) थिइन् । कुन कुरामा कमी थियो त्यो महिलामा ? यसको परिणाम त यही सरकारले पछि भोग्नुपर्छ।

    उहाँको विगतको राजनीतिक सम्बद्धताका कारण अहिलेका प्रधानमन्त्री बिच्किनुभएको हो कि ?

    कुन राजनीतिक ? संवैधानिक र अरू सबै हिसाबले त सक्षम हुनुहुन्थ्यो । राज्यको तीनवटा संस्था हुन्छन् । सबै संस्थाको आफ्नो एउटा प्रतिष्ठा हुन्छ, गर्व हुन्छ । प्रहरीमा कसरी नियुक्ति हुन्छ ? अगाडि-अगाडि छानिंदै आउँछ नि ! एउटा सिपाही पनि प्रमोसन पाउँदै-पाउँदै माथि आएको हुन्छ । न्यायाधीशको पनि त्यस्तै प्रमोसन हुँदै-हुँदै आएको हुन्छ । सर्वोच्चमा नियुक्ति भए पनि त्यहाँ पनि त योग्यता अनुसार हुन्छ । अलिकति योग्यता नभएको भए त बीचमा ड्रप गर्न सकिन्छ नि !

    उहाँ क्रमश: आफ्नो योग्यता बनाउँदै आएको मान्छे हो । अन्तर्राष्ट्रिय जगतमा महिला न्यायाधीशहरूको संस्था छ ‘इन्टरनेसनल वुमन जज सोसाइटी’ । त्यो संस्थाले म प्रधानन्यायधीश हुने बित्तिकै विश्वको तेस्रो महिला प्रधानन्यायाधीश भइन् भनेर रिपोर्ट दियो । त्यसले सालैपिच्छे कति महिलाहरू न्यायाधीश भए भनेर रिपोर्ट दिन्छ ।

    अहिले जुन सपनाजी हुनुहुन्छ, उहाँ कुनै अयोग्य मान्छे होइन । उहाँले जीवनभर वकालत गर्नुभएको हो । उहाँले आईएनजीओ र एनजीओ बीच पनि वकालत गर्नुभएको छ । कानून बनाउनलाई मद्दत गर्नुभएको हो। एघारौं संशोधन उनीहरूकै प्रयासबाट आएको हो। समानता सम्बन्धी कानून पनि उनीहरूले ल्याएको हो । यो देशमा महिला सम्बन्धी विकास हुनलाई महिला सम्बन्धी कानून ल्याउन सपनाजी लगायत केहीको भूमिका छ ।

    त्यसपछि उहाँमा न्यायालयलाई कसरी विकास गर्नुपर्छ भन्ने कुरा पनि थाहा छ । म बस्दाखेरि मैले एउटा महिला न्यायाधीश ल्याउने मौकै पाइनँ । अहिले सात आठ वर्षभित्रमा सपनाजीले ६० वटा महिलाहरू नियुक्ति गर्नुभयो ।

    अदालतलाई बनाउने, रिनोभेट गर्ने कामहरू गर्नुभएको छ । अदालतका न्यायाधीशहरूका सुविधाहरूको विषयमा काम गर्नुभएको छ । सपनाजीले कुनै पुरुषभन्दा कम्ती काम गर्नुभएको होइन । त्यो सबैलाई थाहा छ । अदालतलाई कसरी अगाडि बढाउनुपर्छ ? के गर्नुपर्छ ? अन्तर्राष्ट्रिय, राष्ट्रियस्तरमा कसरी लैजानुपर्ने हो ? यसको जनाकारी छ ।

    अन्तर्राष्ट्रिय सम्बन्ध भएको यति विज्ञ मान्छे नेपालमा कमै हुन्छ। पुरुष नै पनि छैनन् ।

    उहाँले हार्वर्ड पढेर आउनुभयो । उहाँले भारतमा पढ्नुभयो, नेपालमा पढ्नुभयो। उहाँको जति पढाइलेखाइ त कुनै न्यायाधीशको छैन । जे विशेषज्ञता हुन्छ, त्यो सपनाको जस्तो अरूको छैन । मेरोभन्दा दुई–तीन गुणा बढी सपनाको योग्यता थियो।

    अन्तर्राष्ट्रिय क्षेत्रमा कुनै पनि देशमा वकिल वा न्यायाधीशको रुपमा उनी प्रसिद्ध छिन् । त्यो प्रसिद्धता पाएको महिला, जसले आज एउटा अदालतलाई चाहिं दुई–अढाइ वर्षसम्म एक स्टेप अगाडि लैजान सक्थ्यो ।

    त्यो महिलालाई आज यसरी पछाडि पार्ने ? मेरो पालामा मा‌ओवादीले मलाई गरेका थिए । यो त त्योभन्दा पनि अझ रद्दी काम भएको छ ।

    किन यस्तो भएको होला ?

    सोच खराब भएको हो । चिन्तन खराब भएको हो । उनको तुलनामा कुनै न्यायाधीश नै छैन । उनीसँग प्रतिस्पर्धा गर्ने पुरुष पनि छैनन् । त्यत्रो क्षमता भएको महिला, अन्तर्राष्ट्रिय संस्थाहरूले पनि हेरिरहेका छन् । यसलाई बिल्कुल राम्रो मानिंदैन । किनभने मुखैमा आएको पदमा जान दिइएन । विगतमा के भयो भने एक जना महिला आईजीपी हुन लाग्नुभएको थियो । उहाँको डेढ महिना थियो । जानै दिइएन । त्यो नदिंदा कति कुरा भएको थियो ।

    आज हेर, अढाइ वर्षसम्म उहाँले न्यायालयको सेवा गर्न सक्नुहुन्थ्यो । न्यायालयलाई कहाँ पुर्‍याउन सक्नुहुन्थ्यो ।

    उहाँको टार्गेट एक–दुई सय महिलाहरूलाई न्यायाधीश बनाउने हुन्थ्यो । त्यो सबै कुरो सिद्धियो । अब यही हिसाबले न्यायालय अगाडि जाँदैन । न्याय संकुचित हुन्छ । विचार संकुचित हुन्छ । कारबाही संकुचित हुन्छ, एउटा घेराभित्र जान्छ । अदालतलाई यसरी जसरी चलाउने काम गरियो त्यसले यो सरकारलाई राम्रो उचाइ दिंदैन । अदालतलाई छुनु भनेको राम्रो होइन।

    अहिले भएको सिफारिस सच्याउने ठाउँ छ ?

    यसको करेक्सनको बाटो म चिन्दिनँ । मनोज र सपनाको तुलना हुँदैन।

    यो नेपालका १ करोड ५० लाख महिलाहरू माथिको प्रहार हो । बल्ल-बल्ल महिलाहरू लडेर पढेर आएका हुन्छन् त्यसमा प्रहार भयो । मलाई यो कुरामा चित्त दुख्यो कि, अहिलेको सरकारले जे निर्णय गर्‍यो न्यायपालिकाको बारेको यो निर्णय हामी डेढ करोड महिलामाथि गरिएको लात्ती प्रहार हो।

    भोलि संसदीय समितिले यसलाई करेक्सन गर्ने बाटो त होला नि है ?

    म त्यो जान्दिनँ। अब सपनाजी नै फेरि आउन मान्नुहुन्न । मान्छेको प्रतिष्ठा हुँदैन ? इज्जत हुँदैन ? एक डेढ महिनापछि भारतमा अब महिला प्रधानन्यायाधीश बन्दैछ। एक डेढ महिनाका लागि पनि भारतले महिलालाई प्रधानन्यायाधीश दिंदैछ । उहाँले त ठूलो काम गरेर देखाउनुभयो। सपना इज्जतदार मान्छे हो।

    सपना त्यो पदको लागि लड्नुहुन्न । उहाँले त्यो गर्नुहुन्न । महिलाहरू माथिको एउटा प्रहार र घात हो। अब महिलाहरूले कसरी विश्वास गर्ने यो पार्टीले, यो सरकारले महिलाहरूलाई सुविधा दिन्छ ? विकासमा लान्छ, केही गर्छ भन्ने कसरी मान्ने ? अब त विश्वास नै भएन । यो त विश्वासघात हो नि!

    साधारण महिलाहरू, अलिकति रोडमा आएकोलाई त समातेर ल्याएर उकालेर दुई चार सिंढी माथि उकालेर सिकाइन्छ, पढाइन्छ । म प्रधानन्यायाधीश भएको बेलामा ओनसरी घर्ती सभामुख हुनुहुन्थ्यो । राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्थ्यो । म अमेरिकामा एउटा सम्मेलनमा जाँदा त्यही कुरा उठ्यो । एउटा सानो देशले महिलाको लागि यत्रो कुरो गर्‍यो भनेर देखाए । आज एकदम लोकप्रिय सरकारले गरेको काम हेर्नुस् त ! अनलाईन खबरमा प्रकासित यो सामाग्री साभार गरिएको हो ।

    Post Views: 16
    प्रकाशित मिति: २०८३ बैशाख २५, शुक्रबार ०४:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी
    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
    सञ्चार मन्त्रालय मातहत राजनीतिक नियुक्ति खाएका को–को पदमुक्त भए ?
    Advertisement
    ताजा अपडेट
    • १. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • २. ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की

    • ३. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ४. सञ्चार मन्त्रालय मातहत राजनीतिक नियुक्ति खाएका को–को पदमुक्त भए ?

    • ५. एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

    चर्चित
    • १. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • २. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.