• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ओमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीचको वार्ताले विश्व राजनीतिमा कुटनीतिक तरग

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ १, शुक्रबार ०९:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १३ मे २०२६ देखि सुरु भएको बेइजिङ भ्रमणले विश्व राजनीतिको रङ्गमञ्चमा एउटा शक्तिशाली समीकरणको सूत्रपात गरेको छ। वर्षौदेखिको व्यापारिक युद्ध र ताइवान मुद्दाको तिक्ततालाई चिर्दै दुई महाशक्ति प्रमुखहरू एउटै मञ्चमा उभिनुले २१औ शताब्दीको विश्व व्यवस्थालाई नयाँ दिशा दिएको कुटनीतिक क्षेत्रमा निकै महत्वका साथ हेरिएको छ ।

    यो वार्ता केवल दुई देशको सीमामा मात्र सीमित नभई, यसले वासिङ्टन र बेइजिङ बीच ‘टकराव भन्दा संवाद’ लाई प्राथमिकता दिएर शिथिल बनेको विश्व अर्थतन्त्र र सुरक्षा संयन्त्रलाई ठूलो राहतको सन्देश दिएको छ। वर्तमान विश्व व्यवस्था निकै आमने सामने मोडमा रहेका बेला ट्रम्प र सी चिनफिङको यो भेट रणनीतिक रूपमा निर्णायक मानिन्छ। एकातिर युक्रेन र मध्यपूर्वका युद्धले विश्वलाई ध्रुवीकृत बनाइरहेको छ भने अर्कोतिर आर्टिफिसियल इन्टेलिजेन्स एआई र सैन्य प्रतिस्पर्धाले साझा चुनौती थपेका छन्। यस्तो जटिल समयमा बेइजिङमा भएको यो कूटनीतिक ‘ब्रेकथ्रु’ ले शीतयुद्धपछिको सबैभन्दा महत्त्वपूर्ण मोड प्रदान गरेको छ। यस भ्रमणले विश्व बजारमा स्थिरता ल्याउने र सैन्य मुठभेडको जोखिमलाई कम गर्ने आधार तयार पारेको छ।

    चिनियाँ राष्ट्रपति सिजिड पीडसँगको भेटवार्ताले अमेरिका–चीनबीचको व्यापारिक तनाव, ताइवान विवाद र सुरक्षा प्रतिस्पर्धालाई संवादमार्फत व्यवस्थापन गर्ने प्रयासलाई प्राथमिकता दिएको छ। विश्लेषकहरुका अनुसार , यो भ्रमणले रुस–युक्रेन युद्ध अन्त्यका लागि नयाँ कूटनीतिक दबाब सिर्जना गरेको छ। चीनले मस्कोमाथि प्रभाव प्रयोग गर्ने र अमेरिकाले युक्रेन सुरक्षा मुद्दामा लचकता अपनाउने सम्भावनाले रुसी राष्ट्रपति भलामदिर पुटिनमाथि वार्तामा आउन दबाब बढाएको रुपमा कुटनीतिक क्षेत्रका व्याख्या गरिएको छ ।

    मध्यपूर्वमा पनि यो भेटलाई महत्त्वपूर्ण मानिएको छ। इजरायल–इरान तनाव कम गर्न अमेरिका र चीनबीच समझदारी बनेको दाबी गरिएको छ। अमेरिकी समर्थन कायम राख्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि सैन्य विस्तार रोक्न दबाब पर्न सक्ने र चीनले इरानलाई परमाणु कार्यक्रम तथा क्षेत्रीय द्वन्द्वमा संयमता अपनाउन प्रेरित गर्ने विश्लेषण गरिएको छ।

    त्यसैगरी, कोरियाली प्रायद्वीप र ताइवान मुद्दामा पनि अमेरिका–चीनबीच “रणनीतिक विराम” को वातावरण बनेको लेखमा उल्लेख छ। उत्तर कोरियामाथि चीनको प्रभाव र अमेरिकाको कूटनीतिक पहलले तनाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। ताइवान विषयमा दुवै देशले तत्काल सैन्य टकराव टार्ने गरी व्यवहारिक समझदारी खोजेको संकेत दिइएको छ।

    दक्षिण एसियाको सन्दर्भमा यो नयाँ समीकरणले भारतको रणनीतिक भूमिकालाई थप जटिल बनाएको विश्लेषण गरिएको छ। भारतीय प्रधानमीनत्र नरेन्द्र मोदी नेतृत्वको भारतले अमेरिका र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने चुनौती सामना गर्नुपर्ने देखिएको छ । नेपालका लागि भने अमेरिका–चीन सम्बन्ध सुधार हुनु अवसर र राहत दुवैका रूपमा प्रस्तुत गरिएको छ। क्षेत्रीय शान्तिले जलविद्युत्, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी आकर्षित गर्ने सम्भावना बढ्ने तथा एमसीसी र बीआरआई जस्ता परियोजनालाई सहज रूपमा अघि बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। तर महाशक्तिहरूबीचको सहकार्यले नेपालले विगतमा प्रयोग गर्दै आएको “सन्तुलन कूटनीति” कमजोर हुन सक्ने संभावना यस भ्रमणबाट देखिएको छ । यो भ्रमणबाट विश्व राजनिितमा भई रहेका र स्थापित केहि कुटनीतिक भ्रम र यथार्थता भत्किने संभावना देखिएको कुटनीतिकका पण्डितहरुले व्याख्या गरेका छन ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमण विश्व राजनीतिको दिशा बदल्ने एउटा निर्णायक मोड सावित भएको छ। युद्धग्रस्त विश्वलाई शान्तिको आशा देखाउनु, ताइवान र कोरियाली प्रायद्वीपमा संयमता अपनाउनु र व्यापारिक साझेदारीलाई पुनः परिभाषित गर्नु यस भ्रमणका उल्लेखनीय उपलब्धिहरू हुन्। पुटिन, नेतन्याहु र किम जोङ उन जस्ता पात्रहरूलाई यो नयाँ समीकरणले संवादको बाटोमा ल्याउन बाध्य पार्नेछ। महाशक्तिहरू बीचको यो सहकार्यले मात्र विश्वलाई समृद्ध र सुरक्षित बनाउन सक्छ भन्ने सन्देश यो भ्रमणले दिएको छ। आगामी दिनमा विश्वव्यवस्थामा आई रहेको आर्थिक मन्दिमा केहि मलम लाग्ने अनुमान गरिएको छ ।

    Post Views: 31
    प्रकाशित मिति: २०८३ जेष्ठ १, शुक्रबार ०९:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका र चीनबीचको कुटनीतिक ईतिहास र राष्ट्रपतिहरुको भ्रमण सन्दर्भ
    क्यानडामा एएनओको राष्ट्रिय समिति गठन
    विश्वकप फुटबल हेर्न अमेरिका जाने नेपालसहित ५० देशका लागि १५ हजार डलरको भिसा धरौटी मिनाहा !
    Advertisement
    ताजा अपडेट
    • १. ओमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीचको वार्ताले विश्व राजनीतिमा कुटनीतिक तरग

    • २. अमेरिका र चीनबीचको कुटनीतिक ईतिहास र राष्ट्रपतिहरुको भ्रमण सन्दर्भ

    • ३. क्यानडामा एएनओको राष्ट्रिय समिति गठन

    • ४. विश्वकप फुटबल हेर्न अमेरिका जाने नेपालसहित ५० देशका लागि १५ हजार डलरको भिसा धरौटी मिनाहा !

    • ५. स्मार्ट टेलिकम प्रकरणमा सीआईबीको सफलता !

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ३. अमेरिकामा ग्रिनकार्डवालामाथी छानवीन: विगतमा छलेर ग्रिनकार्ड लिनेहरुमा त्रास बढदो !

    • ४. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ५. स्मार्ट टेलिकम प्रकरणमा सीआईबीको सफलता !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.