• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

दक्षिण अफ्रिका र ब्राजिलका नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ २३, शनिबार ०४:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरकारले बजेट वक्तव्यमार्फत दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय सार्वजनिक गरेपछि गैरआवासीय नेपाली तथा प्रवासी नेपाली समुदायले त्यसको पुनर्विचार गर्न आग्रह गरेका छन्।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व कोषाध्यक्ष हिक्मत थापाले दक्षिण अफ्रिका र ब्राजिललाई दक्षिण–दक्षिण सहकार्य, व्यापार, लगानी, प्रविधि हस्तान्तरण तथा आर्थिक अवसर विस्तारका महत्वपूर्ण केन्द्रका रूपमा उपयोग गर्न सकिने भन्दै दूतावासलाई खर्च केन्द्र नभई आय र आर्थिक कूटनीतिको माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

    उनले ती दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्। यस्तै, एनआरएनए दक्षिण अफ्रिकाका अध्यक्ष डा. पुष्पराज भट्टराईले परराष्ट्र मन्त्री शिशिर खनाललाई खुला पत्र लेख्दै दक्षिण अफ्रिकास्थित नेपाली दूतावास बन्द गर्ने निर्णय रणनीतिक रूपमा ठूलो भूल हुने बताएका छन्।

    उनका अनुसार दक्षिण अफ्रिका अफ्रिकाको प्रमुख आर्थिक केन्द्र, जी–२० सदस्य, ब्रिक्स (BRICS) राष्ट्र तथा अफ्रिका प्रवेशद्वारका रूपमा परिचित देश हो। त्यहाँ करिब २ हजारदेखि २ हजार ५ सय नेपाली कार्यरत छन् भने करिब १५० नेपाली विद्यार्थी पाइलट तालिममा अध्ययनरत छन्। दूतावास बन्द हुँदा उनीहरूको कूटनीतिक संरक्षण कमजोर हुने उनले उल्लेख गरेका छन्।

    दक्षिण अमेरिकास्थित नेपाली समुदायले पनि ब्राजिलमा रहेको नेपालको एकमात्र कूटनीतिक नियोग खारेज गर्ने निर्णयप्रति दुःख व्यक्त गरेका छन्। एनआरएनए एनसीसी कोलम्बिया, दक्षिण अमेरिकाका अध्यक्ष छत्रबहादुर मैनालीद्वारा जारी विज्ञप्तिमा दक्षिण अमेरिकामा नेपालको कूटनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध विस्तारका लागि उक्त नियोग महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरिएको छ।

    Post Views: 11
    प्रकाशित मिति: २०८३ जेष्ठ २३, शनिबार ०४:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    १३ राजदुत र स्थायी प्रतिनिधिका लागि झण्डै ३ हजार आवेदन
    अमेरिकामा १ अर्ब डलर मेडिकेड दुरुपयोगको गम्भीर आरोप, भुटानी समुदाय चिन्तित !
    संयोजक थापाले बुझाए इपिजी प्रतिवेदन राखिएको दराजको साँचो
    Advertisement
    ताजा अपडेट
    • १. १३ राजदुत र स्थायी प्रतिनिधिका लागि झण्डै ३ हजार आवेदन

    • २. अमेरिकामा १ अर्ब डलर मेडिकेड दुरुपयोगको गम्भीर आरोप, भुटानी समुदाय चिन्तित !

    • ३. दक्षिण अफ्रिका र ब्राजिलका नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह

    • ४. संयोजक थापाले बुझाए इपिजी प्रतिवेदन राखिएको दराजको साँचो

    • ५. परराष्ट्र मन्त्री शिशिर खनाल शुक्रबार भारत प्रस्थान

    चर्चित
    • १. अमेरिका, क्यानडा र मेक्सिको तीन देशका ४८ स्थानमा हुँदैछ विश्वकप

    • २. १३ राजदुत र स्थायी प्रतिनिधिका लागि झण्डै ३ हजार आवेदन

    • ३. प्रधानमन्त्रि बालेन शाहको अपरिवक्व तथा गैरजिम्मेवार अभिव्यक्ति

    • ४. एलन मस्कको स्टारलिंकले माग्यो नेपालमा सञ्चालन अनुमति

    • ५. प्रधानमन्त्रिको हचुवा सम्बोधन र परराष्ट्रको निर्णयले कुटनीति क्षतिको बाटोमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.