• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

  •  खबरमाला संवाददाता
  • २०८३ असार ४, बिहीबार ०७:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिका र इरानबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ। बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मशुद पेजिस्कियनले सम्झौतामा हस्ताक्षर गरेका हुन्। दुवैले डिजिटल माध्यमबाट सम्झौतामा हस्ताक्षर गरेका हुन्।

    ट्रम्प जी-७ राष्ट्रहरूको सम्मेलनका लागि फ्रान्समा छन्। प्यालेस अफ भर्साइल्समा फ्रान्सका राष्ट्रपति इमानुएलसँग रात्रीभोजको केही अगाडि ट्रम्पले सम्झौतामा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। भर्साइल्स दरबारमै प्रथम विश्वयुद्ध औपचारिक रूपमा अन्त्य गर्ने सन्धीमा हस्ताक्षर भएको थियो।

    ट्रम्प र पेजेस्कियनले युद्ध तत्काल अन्त्य गरी विश्वकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज तत्कालै खोल्ने समझदारी (एमओयु)मा हस्ताक्षर भएको भनेर अर्को अमेरिकी अनलाइन एक्सियसले पनि लेखेको छ। ट्रम्पले आफैले पनि सम्झौतामा हस्ताक्षर गरेको पुष्टि गरेका छन्।

    हस्ताक्षरपछि ती सहमतिहरू तत्काल कार्यान्वयनमा आएको पनि दाबी गरिएको छ। यसअघि सम्झौतामा हस्ताक्षर शुक्रबार स्विट्जरल्यान्डमा गर्ने तयारी थियो। तर दुवै पक्षबीच प्रक्रिया छिटो अघि बढाएर शुक्रबारअघि नै स्ट्रेट अफ हर्मुज खोल्ने विषयमा छलफल भएको थियो।

    कूटनीतिक स्रोतका अनुसार दुवै पक्ष स्ट्रेट अफ हर्मुज पुनः खोल्न सहमत भइसकेकाले समयअघि नै सम्झौता कार्यान्वयन गर्ने प्रयास भएको हो। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले सामाजिक सञ्जाल एक्समा ट्रम्पले सम्झौतामा हस्ताक्षर गरिरहेको भिडियो सार्वजनिक गर्दै यो सहमतिले दिगो शान्तिको बाटो खोल्ने र स्ट्रेट अफ हर्मुज पुनः खोल्न अनुमति दिने बताएका छन्। भिडियोमा ट्रम्पले हस्ताक्षर गर्दै भनेका छन्, ‘म तपाईंहरूलाई भन्न सक्छु, यो त्यति सजिलो थिएन।’

    पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि अमेरिका र इरानका नेताहरूले समझदारीपत्रमा हस्ताक्षर गरेको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै पहिलो चरणमा इरानले तत्काल स्ट्रेट अफ हर्मुज खोल्ने र अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी तत्काल हटाउने बताएका छन्।

    अब शुक्रबार स्विट्जरल्यान्डमा हुने अमेरिका–इरान प्रतिनिधिमण्डलको बैठक भने पूर्वनिर्धारित कार्यक्रमअनुसार नै हुने अपेक्षा गरिएको छ। उक्त वार्तामा अमेरिकी उपराष्ट्रपति जे.डी. भान्स र इरानी संसद्का सभामुख मोहम्मद–बागेर घालिबाफ नेतृत्वको टोली सहभागी हुने बताइएको छ।

    अमेरिका र इरानबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा सहमति भइसकेको छ। तत्कालका लागि ६० दिन युद्धविराम थप्ने र त्यस अवधिमा टुंगो लाग्न बाँकी रहेका विषयहरूमा सहमति जुटाएर अन्तिम सम्झौतामा हस्ताक्षर हुन बाँकी छ।

    त्यतिन्जेलका लागि भने युद्ध टरेको छ। प्रारम्भिक सम्झौतामा १४ वटा बुँदा रहेको भनेर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता केही दिनमै सार्वजनिक गर्ने घोषणा गरेका छन्। तीमध्ये ३०० अर्ब अमेरिकी डलरभन्दा बढीको लगानी गर्ने प्रस्ताव इरानको विकासका लागि कोशेढुंगा साबित हुन सक्नेछ।

    अमेरिका र इरानले जुन १९ मा स्विट्जरल्याण्डमा एक समझदारी पत्रमा आधिकारिक रूपमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ। जसले उनीहरूबीचको युद्धलाई सदाका लागि अन्त्य गर्ने र इरानको आणविक कार्यक्रममा नयाँ कडा सीमाहरू तोक्ने उद्देश्यका साथ ६० दिने वार्ताको बाटो खोल्नेछ।

    ब्लूमबर्ग न्युजले देखेको १४ बुँदे मस्यौदा समझदारी पत्रको पूर्ण पाठ प्रस्तुत छ।

    १। इरानको इस्लामिक गणतन्त्र र संयुक्त राज्य अमेरिकाले वर्तमान युद्धमा रहेका आफ्ना सहयोगीहरूसँगै, यस समझदारी पत्रको हस्ताक्षरसँगै लेबनान लगायतका सबै मोर्चाहरूमा तुरुन्त र स्थायी रूपमा युद्ध अन्त्य भएको घोषणा गर्दछन। र अबदेखि उनीहरूले एकअर्का विरुद्ध कुनै पनि शत्रुतापूर्ण कारबाही सुरु नगर्ने तथा एकअर्का विरुद्ध बल प्रयोग गर्ने वा धम्की दिने कार्यबाट टाढा रहने प्रतिबद्धता व्यक्त गर्दछन। अन्तिम सम्झौताले यस धारा र बाँकी धाराहरूका प्रावधानहरूलाई पुष्टि गर्नेछ।

    २। इरानको इस्लामिक गणतन्त्र र संयुक्त राज्य अमेरिकाले एकअर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने तथा एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गर्दछन।

    ३। इरानको इस्लामिक गणतन्त्र र संयुक्त राज्य अमेरिकाले बढीमा ६० दिनको अवधिभित्र वार्ता गरी अन्तिम सम्झौतामा पुग्ने प्रतिबद्धता व्यक्त गर्दछन जसलाई आपसी सहमतिमा थप गर्न सकिनेछ।

    ४। यस समझदारी पत्रमा हस्ताक्षर भएलगत्तै, संयुक्त राज्य अमेरिकाले नौसैनिक नाकाबन्दी हटाउनेछ र इरानको इस्लामिक गणतन्त्रविरुद्ध हुने कुनै पनि प्रकारको हस्तक्षेप वा अवरोधलाई रोक्नेछ तथा बढीमा ३० दिनभित्र यातायात सेवालाई पूर्ण क्षमतामा पुनर्बहाली गर्नेछ। जहाजहरूको आवतजावत इरानको इस्लामिक गणतन्त्रको तर्फबाट युद्धपूर्वको यातायातको परिमाणसँग समानुपातिक हुनुपर्नेछ। संयुक्त राज्य अमेरिकाले अन्तिम सम्झौता भएको ३० दिनभित्र वरपरका क्षेत्रहरूबाट आफ्ना सेनाहरू फिर्ता लैजाने प्रतिबद्धता पनि व्यक्त गर्दछ।

    ५। यस समझदारी पत्रमा हस्ताक्षर गरेपछि इरानको इस्लामिक गणतन्त्रले फारसको खाडीबाट ओमानको खाडी र सोको विपरित दिशामा व्यापारिक जहाजहरूको आवतजावत ३० दिनभित्र युद्धपूर्वको परिमाणमा पुन सुचारु हुने कुरा सुनिश्चित गर्न तत्काल कदम चाल्नेछ। जसमा इरानद्वारा प्राविधिक अवरोधहरू हटाउनुपर्ने र बारुदी सुरुङहरूलाई निष्क्रिय पार्नुपर्ने आवश्यकतालाई ध्यानमा राखिनेछ।

    ६। संयुक्त राज्य अमेरिकाले आफ्ना क्षेत्रीय साझेदारहरूसँग मिलेर इरानको इस्लामिक गणतन्त्रको पुनर्स्थापना र आर्थिक विकासका लागि दुवै पक्षद्वारा सहमति जनाइएको एक व्यापक योजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। जसअन्तर्गत कम्तीमा ४३०० अर्ब डलरको वित्तीय लगानी सुनिश्चित गरिनेछ। यस योजनाको कार्यान्वयन संयन्त्र, अन्तिम सम्झौताको अंशको रूपमा ६० दिनभित्र तयार गरिनेछ।

    ७। संयुक्त राज्य अमेरिकाले इरानको इस्लामिक गणतन्त्रले हाल सामना गरिरहेका संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको बोर्ड अफ गभर्नर्सका प्रस्तावहरू र अमेरिकाका सबै प्राथमिक तथा द्वितीयक एकपक्षीय प्रतिबन्धहरू लगायतका सबै प्रकारका प्रतिबन्धहरूलाई अन्तिम सम्झौताको हिस्साको रूपमा सहमति गरिने कार्यतालिका अनुसार अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

    ८। इरानको इस्लामिक गणतन्त्रले आफूले कहिल्यै पनि आणविक हतियार उत्पादन नगर्ने कुरा पुनः दोहोर्‍याउँछ। इरानको इस्लामिक गणतन्त्र र संयुक्त राज्य अमेरिका संवर्धित सामग्रीको भविष्य र इरानको आणविक आवश्यकताहरू लगायत अन्य सबै आपसी सहमति भएका आणविक(सम्बन्धित विषयहरूको समाधान अन्तिम सम्झौतामा पर्याप्त रूपमा सम्बोधन गरिने कुरामा सहमत भएका छन। अन्तिम सम्झौताले यस धाराको प्रावधानलाई पुष्टि गर्नेछ।

    ९। इरानको इस्लामिक गणतन्त्र र संयुक्त राज्य अमेरिका अन्तिम सम्झौता नभएसम्म यथास्थिति कायम राख्न सहमत भएका छन। इरानले आफ्नो आणविक कार्यक्रममा यथास्थिति कायम राख्नेछ र संयुक्त राज्य अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्धहरू लगाउने छैन वा यस क्षेत्रमा आफ्नो सैन्य शक्ति सुदृढ गर्ने छैन।

    १०। संयुक्त राज्य अमेरिकाले यस समझदारी पत्रमा हस्ताक्षर भएलगत्तै र प्रतिबन्धहरू फुकुवा नहुने मितिसम्म, संयुक्त राज्य अमेरिकाको ट्रेजरी डिपार्टमेन्टले इरानी कच्चा तेल, पेट्रोकेमिकल उत्पादनहरू र तिनीहरूका उत्पादनहरूको निर्यात र बैंकिङ, बीमा, यातायात जस्ता सबै सम्बन्धित सेवाहरूका लागि छुट जारी गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

    ११। संयुक्त राज्य अमेरिकाले अन्तिम सम्झौता तर्फको वार्ताको प्रगतिका आधारमा इरानको इस्लामिक गणतन्त्रको रोक्का गरिएका वा प्रतिबन्धित गरिएका कोष र सम्पत्तिहरू फुकुवा गर्ने र पूर्ण रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ। यी कोषहरू, चाहे मास्टर एकाउन्टमा राखिएका हुन वा स्थानान्तरण गरिएका हुन। इरानको इस्लामिक गणतन्त्रको केन्द्रीय बैंकद्वारा निर्धारित कुनै पनि अन्तिम लाभार्थी भुक्तानीका लागि प्रयोग गरिनेछ र प्रयोगका लागि पूर्ण रूपमा उपलब्ध हुनेछन। संयुक्त राज्य अमेरिकाले यसै आधारमा सबै आवश्यक अनुमति र इजाजतपत्रहरू जारी गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

    १२। इरानको इस्लामिक गणतन्त्र र संयुक्त राज्य अमेरिका अन्तिम सम्झौताको सफल कार्यान्वयन र भविष्यको प्रतिबद्धताको रेखदेख गर्न एक कार्यान्वयन संयन्त्र स्थापना गरिने कुरामा सहमत भएका छन।

    १३। यस समझदारी पत्रमा हस्ताक्षर भएपछि र यस समझदारी पत्रको धारा ४, ५, १० र ११ को कार्यान्वयन सुरु भएको र यी कदमहरूको निरन्तर कार्यान्वयन भइरहेको बारे आश्वासन प्राप्त गरेपछि, इरानको इस्लामिक गणतन्त्र र संयुक्त राज्य अमेरिका बाँकी रहेका धाराहरूको सम्बन्धमा मात्र अन्तिम सम्झौताका लागि वार्तामा प्रवेश गर्नेछन।

    १४। अन्तिम सम्झौता संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को एक बाध्यकारी प्रस्तावमार्फत स्वीकृत गरिनेछ।

    Post Views: 52
    प्रकाशित मिति: २०८३ असार ४, बिहीबार ०७:१८
    Advertisement
    संबन्धित शिर्षकहरु
    सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने
    पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • २. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    • ३. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • ४. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • ५. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ४. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.