विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसहित लिओनल मेसीले दुई गोल हानेर अस्ट्रियाविरूद्धको खेलमा अर्जेन्टिनालाई ०-२ को जित दिलाएका छन्। समूह चरणको खेलमा लगातार दोस्रो जितसँगै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ।

अस्ट्रियाविरूद्ध सोमबार राति भएको खेलमा मेसीले पहिलो गोल ३८ मिनेटमा गरेका थिए भने दोस्रो गोल खेल सकिनु केही मिनेटअघि थपिएको समयमा गरेका थिए। आजकै खेलमा अर्जेन्टिनाले पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गर्नबाट भने चुके।
३८ वर्षको उमेरमा पनि जादुमयी खेल प्रदर्शन गरिरहेका मेसीले आजको दुई गोलसँगै विश्वकप प्रतियोगितामा अहिलेसम्म १८ गोलको कीर्तिमान राखेका छन्। उनले यसअघि अल्जेरियाविरूद्धको खेलमा ह्याट्रिक गरेर विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका दिग्गज खेलाडी मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका थिए।
लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान रहेसंगै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीहरूमा लियोनेल मेस्सी अर्जेन्टिना ( १८ गोल
, मिरोस्लाभ क्लोज, जर्मनी ( १६ गोल, रोनाल्डो, पोचुगल ( १५ गोल, गर्ड मुलर जर्मनी ( १४ गोल, केलियन एम्बाप्पे फ्रान्स ( १४ गोल रहेका छ





