राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । चितवनमा जारी पहिलो महाधिवेशनबाट लामिछाने अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

सभापति पदमा रविको मात्रै उमेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको हो ।





