• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण १९, मंगलवार ०८:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    क्यारी, नर्थ क्यारोलाइना,  प्रवासी नेपाली जीवनका अन्तरद्वन्द्व, पहिचान, स्मृति र नेपालप्रतिको नोस्टाल्जियालाई काव्यिक अभिव्यक्ति दिएको डा. शरद पराशर मरहट्टाको कविता सङ्ग्रह ‘यता कि उता ?’ अमेरिकाको नर्थ क्यारोलाइनास्थित क्यारीमा विमोचन गरिएको छ । नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको आयोजनामा सम्पन्न कार्यक्रममा समाजकी सभापति गीता बस्नेतको सभापतित्व तथा मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की निहारिकाको प्रमुख आतिथ्य रहेको थियो।

    कार्यक्रमको सञ्चालन डा. ऋषि बस्ताकोटीले गरेका थिए । प्रमुख अतिथि डा. निहारिका, सभापति बस्नेत र कमला मरहट्टाले संयुक्त रूपमा कृति विमोचन गरेका थिए। त्यसपछि कृतिमाथि परिचर्चा तथा कविता वाचन गरिएको थियो । उमा शर्मा, शिव पलाँस, नम्रता गुरागाईं र ईश्वर देवकोटाले कृतिका विभिन्न पक्षमाथि आफ्ना धारणा प्रस्तुत गरेका थिए भने कमला मरहट्टाले कविता वाचन गरेकी थिइन् । परिचर्चाका क्रममा वक्ताहरूले ‘यता कि उता ?’ लाई प्रवास, पहिचान, स्मृति, सम्बन्ध, समय र मानिसको मानसिक तथा भावनात्मक द्वन्द्वसँग जोडेर व्याख्या गरेका थिए । उनीहरूका अनुसार कृतिको शीर्षकले भौगोलिक यात्रासँगै प्रवासी नेपालीको मानसिक, भावनात्मक र अस्तित्वगत दोबाटोलाई समेत सङ्केत गर्छ। प्रमुख अतिथि डा. नीलम कार्की निहारिकाले प्रवासी नेपालीहरूको जीवन र अनुभूतिमाथि केन्द्रित कविता सङ्ग्रहको अभाव रहेको वर्तमान अवस्थामा ‘यता कि उता ?’ ले उक्त रिक्तता पूर्ति गर्ने विश्वास व्यक्त गरिन्। उनले नेपाली साहित्यको सिर्जना र विस्तारमा प्रवासी नेपाली समुदायले पुर्‍याएको योगदानको चर्चा गर्दै कृतिले पाठकसँग अर्थपूर्ण संवाद स्थापित गर्ने अपेक्षा व्यक्त गरिन् ।

    कार्यक्रममा प्रा. शिवहरि मरहट्टा, डा. बालकृष्ण शर्मा, शिखर दुलाल तथा ददीन पाण्डेले लेखकलाई शुभकामना दिएका थिए । आयोजक संस्थाका वरिष्ठ उपसभापति मनोज प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने लेखक डा. मरहट्टाले विमोचन कार्यक्रममा सहभागी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेका थिए। सभापति गीता बस्नेतको समापन मन्तव्यसँगै कार्यक्रम सम्पन्न भएको थियो । चार दशकदेखि साहित्यिक सिर्जनामा सक्रिय डा. मरहट्टाले कविता लेखनसँगै ‘भर्चुअल पोएट्री’ साहित्यिक कार्यक्रमको सञ्चालनलगायत विभिन्न सिर्जनात्मक गतिविधिमा योगदान दिँदै आएका छन् । मकालु ग्रुप अफ कम्पनी प्रा. लि., डिल्लीबजार, काठमाडौंबाट प्रकाशित ‘यता कि उता ?’ ले प्रवासी नेपाली जीवनका अनुभव, स्मृति, पहिचान र अन्तर्द्वन्द्वलाई केन्द्रमा राख्दै समकालीन प्रवासी नेपाली साहित्यमा आफ्नो उपस्थिति जनाएको छ ।

    Post Views: 48
    प्रकाशित मिति: २०८३ श्रावण १९, मंगलवार ०८:४८
    Advertisement
    संबन्धित शिर्षकहरु
    लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल
    ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए
    हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ३. ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

    • ४. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ५. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    चर्चित
    • १. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • २. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ३. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ४. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ५. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.