• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको क्यान्सर हड्डीसम्म फैलिएको खुलासा

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण २४, आईतवार ०७:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको क्यान्सर शरीरका अन्य भागमा समेत फैलिएको उनका छोरा हन्टर बाइडेनले एक अन्तर्वार्तामा खुलासा गरेका छन्। उनले बाइडेनको रोगलाई “अत्यन्त पीडादायी” र “निकै कमजोर बनाउने” अवस्थाका रूपमा वर्णन गरेका छन्। शुक्रबार बीबीसीको कार्यक्रम ‘न्यूज्नाइट’ सँग कुरा गर्दै हन्टरले भने, “क्यान्सर फैलिएको छ, हड्डीमा मेटास्टेसाइज भएको छ र अझ अगाडि पनि फैलिएको छ। यो देख्न निकै दुःखद छ।” भनिएको छ ।

    ह्वाइट हाउस छाडेको केही महिनापछि मे २०२५ मा बाइडेनले आफूलाई आक्रामक प्रकारको प्रोस्टेट क्यान्सर भएको घोषणा गरेका थिए। त्यतिबेला उनको कार्यालयले क्यान्सर “हर्मोनप्रति संवेदनशील” देखिएको र प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिने जनाएको थियो। अन्तर्वार्ताका क्रममा हन्टर आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे कुरा गर्दा भावुक बने। पूर्वराष्ट्रपतिको स्वास्थ्यमा आएको गिरावट देख्नु आफूहरूका लागि “निकै कठिन” भएको उनले बताए।

    “अहिले मेरो बुबाको स्वास्थ्यबारे म यति मात्र भन्न चाहन्छु—उहाँले अझ धेरै गुनासो गरिदिए हुन्थ्यो भन्ने लाग्छ, किनभने अवस्था राम्रो छैन,” हन्टरले भने।क्यान्सर फैलिँदै गए पनि ८३ वर्षीय बाइडेन अझै सार्वजनिक जीवनमा सक्रिय र संलग्न रहेको हन्टरले बताएका छन्। पूर्वप्रथम महिला जिल बाइडेनले जुन महिनामा ‘द भ्यु’ कार्यक्रममा बोल्दै क्यान्सरको निदानपछि आफ्ना श्रीमान्को गतिविधि केही “सुस्त भएको” भए पनि उनी अझै व्यस्त रहिरहेको बताएकी थिइन्।

    बाइडेनको राजनीतिक सक्रियता भने पछिल्लो समय सीमित देखिन्छ। आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनको आसपास प्रकाशित हुने भनिएको उनको संस्मरण बाहेक उनी वर्तमान अमेरिकी राजनीतिक घटनाक्रममा विरलै सार्वजनिक टिप्पणी गर्छन्। यद्यपि, जुन महिनामा मेरिल्यान्डमा आयोजित डेमोक्रेटिक पार्टीको एक समारोहमा भाषण गर्दै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पका वासिङ्टन डीसीमा भइरहेका विभिन्न पुनर्निर्माण तथा सौन्दर्यीकरण परियोजनाको आलोचना गरेका थिए। शुक्रबारको बीबीसी अन्तर्वार्तामा हन्टरले भने, “उहाँ अझै आफ्नो काम गरिरहनुभएको छ। उहाँ यो देशप्रति निकै विश्वास राख्नुहुन्छ।”

    अन्तर्वार्ताका क्रममा हन्टरले सन् २०२४ को राष्ट्रपति निर्वाचनअघि डोनाल्ड ट्रम्पसँग भएको चर्चित बहस पनि सम्झिए। क्यालिफोर्नियास्थित आफ्नो घरबाट उक्त बहस हेर्दा आफू “स्तब्ध” भएको उनले बताएका थिए।

    Post Views: 38
    प्रकाशित मिति: २०८३ श्रावण २४, आईतवार ०७:३२
    Advertisement
    संबन्धित शिर्षकहरु
    क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने एक जना पक्राउ
    नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ: एलपी भानु शर्मा
    अमेरिकी दूतावासको ‘युथ काउन्सिल नेपाल २०२६’ मा ५५ युवा छनोट
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने एक जना पक्राउ

    • २. नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ: एलपी भानु शर्मा

    • ३. अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको क्यान्सर हड्डीसम्म फैलिएको खुलासा

    • ४. अमेरिकी दूतावासको ‘युथ काउन्सिल नेपाल २०२६’ मा ५५ युवा छनोट

    • ५. रसियाले युक्रेन युद्धबाट टाट पल्टिन लागेपछि ठुलो सख्यामा सुन बिक्री

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. काठमाडौंमा शरणार्थीको जालोः सयौं रोहिंग्या कसरी पुग्यो काठमाडौं ?

    • ३. “वायु सेवा निगमदेखि बैधखाना, दुग्ध विकास संस्थान सबै लय समात्ने बाटोमा”

    • ४. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    • ५. अमेरिकी दूतावासको ‘युथ काउन्सिल नेपाल २०२६’ मा ५५ युवा छनोट

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.