• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र ३, बुधबार २०:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    कोस्टाब्लाङ्का- स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मन्दिर–गुम्बासहित धार्मिक धरोहर निर्माणको अभियान अघि बढाइएको छ। नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्काको पहलमा उक्त परियोजनाका लागि कुल १ लाख युरो आर्थिक प्रतिबद्धता जुटेको छ। नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्काका अध्यक्ष केसर बहादुर थापा र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काका अध्यक्ष बिपिन बुढाथोकीको अध्यक्षतामा गत सोमबार बसेको संयुक्त बैठकले मन्दिर–गुम्बा निर्माण, आर्थिक व्यवस्थापन तथा धार्मिक कार्यक्रम सञ्चालनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको हो।

    बैठकले सहभागी विभिन्न व्यक्तिहरूबाट मन्दिर स्थापनाका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता संकलन गर्दै कुल १ लाख युरो जुटाउने निर्णय गरेको छ। मन्दिर निर्माणका लागि मुकुन्द लामिछाने, सुरेन्द्र भुजेल थापा, रितेश श्रेष्ठ, बिपिन बुढाथोकी, केसर बहादुर थापा, रुद्र खत्री, सुरेश बज्रचार्य, दुर्गा भण्डारी, बद्री प्रसाद कोइराला, द्वारिका लामिछाने, हेमराज सापकोटा, नवराज दुवाडी, दिपेश श्रेष्ठ, ईश्वर गौतम, अन्जु पुन, अक्कल बोहोरा, राजन थापा, केशवराज कडेल, देबराज सापकोटा तथा बिनोद शेरचनले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

    मन्दिर–गुम्बा निर्माण अभियानका संयोजक मुकुन्द लामिछानेका अनुसार यो परियोजना धार्मिक आस्था, संस्कार, संस्कृति तथा सामाजिक एकताको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको हो। यसले कोस्टाब्लाङ्कामा रहेका नेपाली समुदायलाई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोडिराख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    बैठकले मन्दिर निर्माण सहयोगार्थ नौदिने नवदुर्गा पूजा आयोजना गर्ने निर्णयसमेत गरेको छ। उक्त पूजा–पाठ पण्डित ईश्वर गौतमले सञ्चालन गर्नेछन् भने मन्दिरका लागि आवश्यक मूर्ति व्यवस्थापनको जिम्मेवारी समाजका संरक्षक सुरेन्द्र भुजेल थापालाई दिइएको छ। त्यस्तै, आगामी तीज कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न कार्यक्रम स्थल व्यवस्थापनको जिम्मेवारी समाजका संरक्षक रितेश श्रेष्ठ र सुरेश बज्राचार्यलाई दिइएको छ। मन्दिर–गुम्बा पूजा कार्यक्रमका लागि आवश्यक स्थान एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काका अध्यक्ष बिपिन बुढाथोकीले उपलब्ध गराउने जनाइएको छ। तीज कार्यक्रमको समग्र व्यवस्थापनको जिम्मेवारी स्मृति गौतम, डा. सबिता पाठक र रीता आचार्यलाई दिइएको छ।

    मन्दिर–गुम्बा निर्माण तथा आर्थिक सहयोग अभियानको समन्वयकारी भूमिकामा समाजका संरक्षक रुद्र खत्री रहने छन् । बैठकमा १४ जना प्रतिनिधिको उपस्थिति रहेको थियो। सहभागीहरूले धार्मिक तथा सांस्कृतिक धरोहर निर्माणको अभियानलाई सामूहिक सहकार्य, एकता र सहभागिताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

    यसैबीच, अभियानलाई कोस्टाब्लाङ्का तथा स्पेनमा मात्र सीमित नराखी विश्वभर रहेका नेपाली समुदायलाई समेत जोड्न आह्वान गरिएको छ। नेपाल समाज एसोसिएसनले सुरु गरेको मन्दिर–गुम्बा निर्माण तथा धार्मिक धरोहर संरक्षणको यस अभियानमा विश्वभर छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनी, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार तथा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई सहयोग, सहकार्य र सहभागिताका लागि समाजका महासचिव अशिम लोप्चन तामाङले आह्वान गरेका छन् ।

    अभियानले नेपाली धर्म, संस्कृति, कला, परम्परा र सामाजिक एकताको संरक्षणमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। प्रवासी भूमिमा निर्माण हुने यस्तो धार्मिक तथा सांस्कृतिक केन्द्रले भावी पुस्तालाई समेत आफ्नो मौलिक पहिचान र संस्कृतिसँग जोड्ने अपेक्षा गरिएको छ।

    Post Views: 34
    प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार २०:४०
    Advertisement
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !
    नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान
    अमेरिकामा विदेशी विधार्थी र पत्रकारको भिषा अबधि सीमित गर्ने नियम बिरुद्ध मुद्दा
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • २. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    • ३. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ४. अमेरिकामा विदेशी विधार्थी र पत्रकारको भिषा अबधि सीमित गर्ने नियम बिरुद्ध मुद्दा

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ४. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.