• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भोटेकोशी नदीमा आएको भीषण बाढी ६ घन्टामा नारायणीसम्म के के भयो ?

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र १२, शुक्रबार ०७:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल-चीन सीमावर्ती क्षेत्रमा गएको हिमपहिरोका कारण बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढी ६ घन्टामा नारायणीसम्म कसरी पुग्यो भन्ने विस्तृत प्राविधिक विवरण सार्वजनिक भएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उक्त विवरणसहितको प्रतिवेदन बिहीबार बिहान सार्वजनिक गरेको हो।

    महाशाखाका प्रवक्ता तथा उप-कार्यकारी निर्देशक डा. राजन भट्टराईद्वारा जारी विज्ञप्ति अनुसार स्याटलाइट तस्बिर तथा प्रारम्भिक तथ्यांक विश्लेषण गर्दा सीमा क्षेत्र नजिक हिमपहिरो गएका कारण उक्त आकस्मिक बाढी आएको देखिएको छ। महाशाखाको प्रतिवेदनले बुधबार बिहान बाढी आउनुअघि नेपाल-चीन सीमा आसपास दुईवटा भूकम्प मापन भएको जनाएको छ।

    बिहान ८:२० बजे रसुवागढी सीमा क्षेत्र आसपास २.६ रेक्टर स्केल र त्यसको १७ मिनेटपछि (८:३७) ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको महााशाखाको प्रतिवेदनमा छ।

    भूकम्प र बाढी आपसमा सम्बन्धित हो कि होइन भन्नेबारे भने प्रतिवेदनले केही खुलाएको छैन। सीमाबाट १ किलोमिटर मात्र तल रहेको रसुवागढी जलमापन केन्द्रले भूकम्प गएको ३ मिनेटपछि भोटेकोशीको जल सतह मापन गरेको थियो। त्यति बेला नदीको जलसतह १.६२ थियो। भोटेकोशीको जलसतह सतर्कता तह ६ मिटर र खतरा तह ७ मिटर तोकिएको छ।

    बिहान ८:४० पछि भने केन्द्रले विवरण पठाउन छाडेको प्राविधिक प्रतिवेदनमा उल्लेख छ। अकस्मात आएको बाढीले केन्द्र नै बगाएपछि विवरण आउन बन्द भएको महाशाखाले जनाएको छ। त्यसपछि नेपाल-चीन रसुवागढी सीमाबाट उच्च गति, बहाव र लेदो (गेग्रान) सहितको बाढी नेपाल प्रवेश गरेको थियो। त्यो बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका तटीय क्षेत्रमा ठूलो प्रभाव पारेको छ।

    अकस्मात आएको बाढीले जलमापन केन्द्र नै बगाएपछि प्राविधिक रूपमा बाढीको प्रकृति विश्लेषण गर्न र सही सूचना सम्प्रेषण हुन नसकेको देखिन्छ।  सीमा क्षेत्रको जलमापन केन्द्र र त्यसभन्दा ९ किलोमिटर तल स्याफ्रुबेसीमा रहेको केन्द्रले बाढीको सूचना महाशाखामा पठाउन सकेन। महाशाखाको प्रतिवेदनले बिहान ८:५० बजे स्याफ्रुबेसी केन्द्रमा ३.८ मिटर जलसतह मापन भएको जनाएको छ। जबकि त्यहाँको सतर्कता तह नै ५.५ मिटर हो।

    बाढी स्याफ्रुबेसी आइपुगेपछि मानवीय स्रोतबाटै सूचना केन्द्रसम्म आएको थियो। सीमाबाट ३६ किलोमिटर तल रहेको बेत्रावतीमा ९:२० बजे त्रिशूलीको जलसतह ३.५५ मिटर मापन भएको थियो। त्यहाँ सतर्कता तह ४.१ मिटर र खतरा तह ५.५ मिटर हो। बेत्रावती जलमापन केन्द्रले पठाएको यो नै अन्तिम विवरण थियो।

    बेत्रावतीबाट मलेखुस्थित फुर्के जलमापन केन्द्रमा बाढी आइपुग्दा बिहान ११:२६ बजेको थियो। त्यतिखेर जलसतहको सतर्कता तह ७ मिटर थियो। ११:४० बजे खतरा तह ८ मिटर पार गर्‍यो। त्यसपछि फुर्केमा त्रिशूलीको उच्चतम १०.४८ मिटर पुगेर जलमापन केन्द्र बगायो।

    मुग्लिन नजिक कालीखोलामा भने दिउँसो २:१४ बजे खतरा तह पार गरेको देखिन्छ। यहाँ १२.१ मिटर खतरा तह हो। त्यति बेला कालीखोलामा उच्चतम १२.३५ मिटर जलसतह मापन भएको थियो। देवघाट जलमापन केन्द्रमा दिउँसो ३:२० बजे बाढी पुगेको थियो भने ४ बजे जलसतह ६.५७ मिटरको उच्चतम विन्दुमा पुगेपछि क्रमैसँग घट्न थालेको थियो।

    ‘प्रारम्भिक आकलन अनुसार देवघाटमा २:१० देखि ६ बजेसम्म आधार बहावभन्दा अतिरिक्त बाढीजन्य पानीको आयतन करिब २ करोड घनमिटर रहेको प्रारम्भिक आकलन गरिएको छ,’ महाशाखाले बताएको छ।

    ६ लाख ७९ हजार नागरिकलाई एसएमएस, तटीय क्षेत्रमा उच्च सतर्कता

    बुधबार बिहान ९:१५ बजेदेखि नदी तटीय तथा जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित रहन पूर्वसूचना जारी गरिएको थियो।

    नेपाल टेलिकम र एनसेलको सहकार्यमा टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशूली, गल्छी, मलेखु, मुग्लिन, नारायणघाट तथा आसपासका ६ लाख ७९ हजार २९५ जना नागरिकलाई मोबाइल एसएमएस पठाएर सुरक्षित स्थानमा जान अनुरोध गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

    साथै, तल्लो तटीय क्षेत्रमा बाढीको प्रभावको निरन्तर मूल्यांकन भइरहेकाले अर्को सूचना जारी नभएसम्म नदी किनार, होचा भूभाग तथा सम्भावित डुबान क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित र अग्लो स्थानमा रहन र अनावश्यक आवतजावत नगर्न महाशाखाले अनुरोध गरेको छ।

    Post Views: 6
    प्रकाशित मिति: २०८३ भाद्र १२, शुक्रबार ०७:२२
    Advertisement
    संबन्धित शिर्षकहरु
    ४१ पुल र करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त
    अस्ट्रेलियाले नेपाललाई ५० लाख डलर सहयोग गर्ने
    भीषण बाढीबाट जनधनको क्षतिप्रति राष्ट्रसंघका महासचिवले गरे दुःख व्यक्त
    Advertisement
    ताजा अपडेट
    • १. ४१ पुल र करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त

    • २. अस्ट्रेलियाले नेपाललाई ५० लाख डलर सहयोग गर्ने

    • ३. भीषण बाढीबाट जनधनको क्षतिप्रति राष्ट्रसंघका महासचिवले गरे दुःख व्यक्त

    • ४. नेपाललाई आवश्यक सबै प्रकारको सहयोग गर्छाैं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

    • ५. भोटेकोशी नदीमा आएको भीषण बाढी ६ घन्टामा नारायणीसम्म के के भयो ?

    चर्चित
    • १. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. ल्हेन्दे खोलामाथि बनिरहेको ताल कति जोखिमपूर्ण हो ? फुट्यो भने फेरी के होला ?

    • ४. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    • ५. भोटेकोशी नदीमा आएको भीषण बाढी ६ घन्टामा नारायणीसम्म के के भयो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.