भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलन चलिरहँदा १० गैरसदस्य राष्ट्रहरु पनि मन्चमा देखिए तर छिमेकी मुलुक नेपाल त्यो सुचिमा परेन । ब्रिक्सका सदस्य तथा ११ मुलुकसंगै ११ मुलुकसँगै विभिन्न मुलुकलाई समेत सहभागी गराइएको छ। तर भारतको निकट छिमेकी नेपाल भने उक्त सम्मेलनको आमन्त्रित सूचीमा नपरेपछि नेपालको क्षेत्रीय तथा बहुपक्षीय कूटनीतिक प्राथमिकतामाथि प्रश्न उठेको छ। भारतीय सन्चार माध्यमहले पनि नेपाललाई निमन्त्रणा नदिनुलाई प्रश्न उठाएका छन । जुन राष्ट्रले बैठकको अध्यक्षता गर्ने हो उसले आफ्नो छिमेकी मुलुकलाई आमन्त्रण गर्न पाउने नीति अघि सारे पनि नेपाल भारतको लिष्टमा परेन । ब्रिक्सको पुर्ण सदस्य राष्ट्रहरुमा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रुस, साउदी अरब, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स छन्। भने पाटनर मुलुकमा बेलारुस, बोलिभिया, क्युबा, कजाखस्तान, मलेसिया, नाइजेरिया, थाइल्यान्ड, युगान्डा, उज्बेकिस्तान र भियतनाम छन्।

नेपाल र भारतबीच खुला सीमा, गहिरो जनस्तरीय सम्बन्ध तथा व्यापार, ऊर्जा, पूर्वाधार र सुरक्षा क्षेत्रमा लामो सहकार्य छ। त्यसका बाबजुद ब्रिक्सको अध्यक्षता गर्दा भारत अध्यक्षतामा आयोजना भएको उच्चस्तरीय सम्मेलनमा नेपाल सहभागी नहुनुले प्रश्न उठाएको हो। यसमा नेपाल पक्षले बढी नै गंभीर भए सोच्नुपर्ने कुटनीतिक बहस शुरु भएको छ ।
त्यसैले नेपाललाई सम्मेलनमा नबोलाइनुको अर्थ नेपाल ब्रिक्समा प्रवेशका लागि असफल भएको भन्ने होइन। तर भारतले आफ्नो अध्यक्षतामा कसलाई यगतचभबअज मा समेट्यो र कसलाई समेटेन भन्ने कुरा भने भारतको तत्कालीन कूटनीतिक प्राथमिकताको संकेत हुन सक्छ। नेपाल प्राथमिकतामा नपरी बंगलादेशलाई भारतले किन आमन्त्रण गर्यो भन्ने विषय उठेको छ । भारतले बंगलादेशका प्रधानमन्त्री तारिक रहमानलाई ब्रिक्सको वर्तमान अध्यक्षको हैसियतमा सहभागी हुन निमन्त्रणा गरेको थियो। भारतीय विदेश मन्त्रालयले यो निमन्त्रणालाई क्षेत्रीय संगठनका प्रमुखलाई बोलाउने स्थापित अभ्यासअनुसार भएको जनाएको थियो।
बर्तमान सरकार कुटनीति रुपमा नयाँ प्रयोग शुरु गरी रहेको सन्र्दभमा पनि भारतमा यतिखेर राजदुत खाली छ । यस्तो बेला नेपालले भारतसंग उपयूक्त जवाफ पाउने अवस्था पनि छैन । बरु भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा नवीकरण गरेको समाचारसमेत सार्वजनिक भएको छ। अगस्टमा भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा दिएको रिपोर्ट गरिएको थियो। तर कूटनीतिक रूपमा ब्रिक्स जस्तो बढ्दो प्रभाव भएको मञ्चमा नेपालको अनुपस्थिति भने बेवास्ता गर्न मिल्ने विषय भने होइन।
भारतको ग्लोवल साउथ कूटनीति विस्तार भइरहेका बेला नेपालले आफूलाई कहाँ राखेको छ भन्ने प्रश्न भने गम्भीर रूपमा उठेको छ। नेपाल भारत र चीन दुवैको बीचमा रहेको रणनीतिक हिमाली मुलुक हो। ब्रिक्समा चीन र भारत दुवै प्रमुख शक्ति हुन्। यस्तो अवस्थामा नयाँ शक्ति संरचनासँग नेपालले सक्रिय सम्बन्ध निर्माण नगर्ने हो भने भविष्यमा नेपालको कूटनीतिक प्रभाव सीमित हुन सक्ने जोखिम पनि छ।