• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपतिद्धारा चिनिया राष्ट्रपति सी चिनफिङलाई एयरपोर्टमै पुगेर स्वागत

  •  खबरमाला संवाददाता
  • २०८३ आश्विन ८, बिहीबार ०६:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गरेका छन्। चीनका राष्ट्रपतिको अमेरिका भ्रमण सुरु गर्ने क्रममा ट्रम्पले वासिङ्टन नजिकैको जोइन्ट बेस एन्ड्र्युजमा विमानस्थलमै पुगेर सीलाई स्वागत गरेका हुन्। यस्तो शैलीमा विदेशी राष्ट्रप्रमुखलाई स्वागत गर्नु असामान्य मानिन्छ।

    सीको विमानलाई भव्य स्वागत समारोहका साथ स्वागत गरिएको थियो। समारोहमा करिब १०० फिट लामो रातो कार्पेट, त्यसको दुवैतर्फ अमेरिकी सैनिक, दुईवटा बी–१ बमवर्षक विमानको सैन्य फ्लाइओभर, तथा अमेरिका र चीन दुवै देशका राष्ट्रिय झण्डा र राष्ट्रगान प्रस्तुत गरिएको थियो।

    सामान्यतया अमेरिकी राष्ट्रपतिले विदेशी राष्ट्रप्रमुखलाई ह्वाइट हाउसमा स्वागत गर्ने गर्छन्। तर यसपटक ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प वासिङ्टनबाहिर मेरिल्यान्डस्थित सैन्य बेसमा पुगेर अमेरिका आइपुगेका सी र उनकी पत्नी पेङ लियुआनसँग व्यक्तिगत रूपमा हात मिलाएर स्वागत गरे।

    यो स्वागत अमेरिका र चीनबीचको सम्बन्धमा तनाव कायम रहेका बेला भएको हो। विशेषगरी कृत्रिम बुद्धिमत्ता ९एआई०, व्यापार र भू–राजनीतिक विषय दुई देशबीचका प्रमुख विवाद तथा वार्ताका मुद्दा बनेका छन्। सीको दुईदिने भ्रमणका क्रममा यी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

    सीको अमेरिका आगमनसँगै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले बुधबार तथाकथित ‘बुसान सम्झौता’लाई थप लम्ब्याउने सहमति गरेको बताएका छन्। यो विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धमा गरिएको अस्थायी युद्धविराम हो।

    चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग बुधबार यसअघि भेटवार्ता गरेका बेसेन्टले फक्स न्युजलाई दिएको जानकारीअनुसार उक्त सहमति जनवरी १० सम्म लम्ब्याइएको छ। यसअघि यो सहमति दुई महिनापछि समाप्त हुने तय थियो।

    यसैबीच, सीको अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसले दक्षिण लनमा औपचारिक स्वागत समारोह, अमेरिकी राष्ट्रपति र प्रथम महिलासँग निजी चिया भेट तथा नेसनल आर्काइभ्सको भ्रमणलगायत विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।

    अमेरिका र चीनबीच अत्याधुनिक प्रविधिको विकासमा लामो समयदेखि प्रतिस्पर्धा हुँदै आएको छ। पछिल्लो समय एआईको विकास र त्यसको सुरक्षा दुई देशबीचको सम्बन्धमा थप महत्वपूर्ण विषय बनेको छ।

    बिहीबार ह्वाइट हाउसमा सीको सम्मानमा आयोजना हुने राजकीय रात्रिभोजमा ओपनएआई, एप्पल, एक्सएआई, माइक्रोसफ्ट, एनभिडिया, मेटा लगायत प्रमुख प्रविधि कम्पनीका कार्यकारीहरूलाई आमन्त्रण गरिएको छ।

    ट्रम्पले एआई विकासमा अमेरिकी अग्रता कायम राख्नुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्। उनले हालै सामाजिक सञ्जालमार्फत एआईमा जसले नेतृत्व गर्छ, उसैले नेतृत्व गर्ने धारणा व्यक्त गरेका थिए।

    अमेरिकी प्रशासनका अधिकारीहरूले एआईमा नेतृत्व गर्नु सैन्य तथा आर्थिक क्षेत्रमा पनि विश्वव्यापी नेतृत्वसँग जोडिएको तर्क गर्दै आएका छन्। यसले अमेरिका–चीन एआई प्रतिस्पर्धालाई अझ महत्वपूर्ण बनाएको छ।

    एआईसँगै व्यापार, ताइवान, मानवअधिकार तथा अन्तर्राष्ट्रिय भू–राजनीति पनि ट्रम्प–सी वार्ताका संवेदनशील विषय हुन्। दुई देशबीचको व्यापार युद्धमा गत वर्ष दक्षिण कोरियामा भएको शिखर बैठकपछि अस्थायी युद्धविराम भएको थियो।

    ताइवानको विषय चीनका लागि विशेष संवेदनशील छ। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ भने अमेरिकाले ताइवानको सुरक्षाका लागि सहयोग गर्दै आएको छ। यस विषयमा दुई देशबीच लामो समयदेखि मतभेद रहँदै आएको छ।

    यसपटकको भ्रमणमा जलवायु परिवर्तन भने प्रमुख एजेन्डा बन्ने सम्भावना कम देखिएको छ। विगतमा अमेरिका र चीनबीच सहकार्य हुनसक्ने क्षेत्रका रूपमा जलवायु मुद्दालाई प्रस्तुत गरिँदै आएको भए पनि अहिले दुई देशबीचको व्यापक रणनीतिक मतभेदका कारण यो विषय प्राथमिकतामा नरहेको विश्लेषण गरिएको छ। सीको भ्रमण सेप्टेम्बर २३ देखि २५ सम्म हुने तय भएको छ। यस भ्रमणलाई सन् २०१५ पछि चिनियाँ राष्ट्रपतिको अमेरिकाको पहिलो राजकीय भ्रमणका रूपमा प्रस्तुत गरिएको छ।

    Post Views: 44
    प्रकाशित मिति: २०८३ आश्विन ८, बिहीबार ०६:३१
    Advertisement
    संबन्धित शिर्षकहरु
    सुपर एल निनोको कहरः फेब्रुअरीसम्म ४ लाख ५१ हजार थप गर्मीजन्य मृत्युको जोखिम
    संयुक्त राष्ट्र संघमा सम्बोधनलगत्तै ट्रम्पले गरे ग्रिनल्यान्ड र डेनमार्कसँग सम्झौता
    एकैपटक ८८ चिनियाँको भिसा रद्द, जरिवाना तिराएर ‘डिपोर्ट’ गर्ने तयारी
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपतिद्धारा चिनिया राष्ट्रपति सी चिनफिङलाई एयरपोर्टमै पुगेर स्वागत

    • २. सुपर एल निनोको कहरः फेब्रुअरीसम्म ४ लाख ५१ हजार थप गर्मीजन्य मृत्युको जोखिम

    • ३. संयुक्त राष्ट्र संघमा सम्बोधनलगत्तै ट्रम्पले गरे ग्रिनल्यान्ड र डेनमार्कसँग सम्झौता

    • ४. एकैपटक ८८ चिनियाँको भिसा रद्द, जरिवाना तिराएर ‘डिपोर्ट’ गर्ने तयारी

    • ५. राष्ट्रसंघको महासभामा सम्बोधनका लागि न्युयोर्क पुगे प्रधानमन्त्री

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.