• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पीआर, ग्रिनकार्ड र डीभी लिने निजामती कर्मचारीमाथि कडा व्यवस्था प्रस्ताव !

"फर्म भर्नेमाथी पनि कारबाही हुने "
  •  खबरमाला संवाददाता
  • २०८३ आश्विन १६, शुक्रबार ०२:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    काठमाडौं — सरकारले अघि बढाएको संघीय निजामती सेवा विधेयक, २०८३ मा निजामती कर्मचारीले विदेशी स्थायी आवासीय अनुमति पीआर, ग्रिनकार्ड, डीभी वा सोही प्रकृतिको अनुमति लिन तथा त्यसका लागि आवेदन दिनसमेत नपाउने कडा व्यवस्था प्रस्ताव गरिएको छ।

    विधेयकमा विदेशी स्थायी आवासीय अनुमति प्राप्त गरेका वा त्यस्तो अनुमतिका लागि आवेदन दिएका नेपाली नागरिकलाई निजामती सेवाको पदमा उम्मेदवार बन्नसमेत रोक लगाउने प्रस्ताव गरिएको छ। प्रस्तावित व्यवस्थाअनुसार बहालवाला निजामती कर्मचारीका पति वा पत्नीले विदेशी स्थायी आवासीय अनुमति, ग्रिनकार्ड, डीभी वा सोही प्रकृतिको अनुमति प्राप्त गरेमा कर्मचारीले त्यसको विवरण ६० दिनभित्र सम्बन्धित कार्यालयमा पेस गर्नुपर्नेछ।

    त्यसैगरी, कुनै कर्मचारीले विदेशी स्थायी आवासीय अनुमति लिएको वा त्यसका लागि आवेदन दिएको प्रमाणित भएमा छानबिन गरी विभागीय कारबाही गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ। कसुरको प्रकृति र प्रमाणका आधारमा त्यस्ता कर्मचारीलाई सेवाबाट बर्खास्त गर्नुका साथै भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर गर्नेसम्मको प्रावधान विधेयकमा राखिएको छ।

    सरकारले प्रस्ताव गरेको यो व्यवस्थाले निजामती सेवामा कार्यरत कर्मचारीको विदेशी स्थायी बसोबाससम्बन्धी कानुनी अवस्थालाई थप कडाइका साथ नियमन गर्ने देखिन्छ। विशेषगरी सरकारी सेवामा रहेका व्यक्तिको राष्ट्रिय जिम्मेवारी, सरकारी सेवाप्रतिको निष्ठा र सम्भावित स्वार्थको द्वन्द्वलाई सम्बोधन गर्ने उद्देश्यले यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। विधेयक संसद्बाट पारित भएर कानुनको रूप लिएपछि मात्र प्रस्तावित प्रावधानहरू बाध्यकारी हुनेछन्। संसद्मा हुने छलफल र संशोधनपछि यसको अन्तिम व्यवस्था परिवर्तन हुन सक्नेछ।

    प्रस्तावित संघीय निजामती सेवा ऐन, २०८३ ले प्रदेश र स्थानीय तहमा आफ्नै निजामती सेवा रहने व्यवस्था गरे पनि प्रमुख प्रशासनिक नेतृत्वमा संघीय सरकारको भूमिका कायम राख्ने प्रस्ताव गरेको छ।
    विधेयकअनुसार प्रदेशको प्रमुख सचिव संघीय निजामती सेवाको १३औँ तहबाट नेपाल सरकारले खटाउनेछ। तर प्रदेश सरकारको सहमतिबिना एक वर्ष नपुगी प्रमुख सचिवलाई सरुवा गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ। प्रदेश मन्त्रालयका सचिव पद भने प्रदेश निजामती सेवाको १२औँ तहको हुनेछ।
    स्थानीय तहमा महानगर र उपमहानगरमा ११औँ, नगरपालिकामा १०औँ तथा गाउँपालिकामा ८औँ तहका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत रहने प्रस्ताव छ। स्थानीय सेवा ऐनअनुसार पदपूर्ति नभएसम्म भने संघीय निजामती सेवाका कर्मचारीलाई सरकारले खटाउन सक्नेछ।
    प्रदेश र स्थानीय तहले आफ्नै निजामती सेवा कानुन बनाउन पाउने भए पनि भर्ना, नियुक्ति, सरुवा, बढुवा, आचरण, सजाय र अवकाशसम्बन्धी व्यवस्थामा संघीय ऐनका आधारभूत सिद्धान्त तथा मापदण्ड पालना गर्नुपर्ने प्रस्ताव गरिएको छ।
    समायोजन भएर प्रदेश तथा स्थानीय तहमा पुगेका कर्मचारीको तलब–सुविधा सम्बन्धित तहले व्यहोर्ने भए पनि पेन्सन, उपदान, उपचार खर्च र सञ्चित बिदाको रकम संघीय सरकारले व्यहोर्ने व्यवस्था प्रस्तावमा छ। त्यस्तै, समायोजनका क्रममा सम्बन्धित ठाउँमा हाजिर हुन नसकेर फर्किएका केही कर्मचारीलाई एकपटक संघीय सेवामै पदस्थापन वा सरुवा गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
    Post Views: 243
    प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार ०२:५६
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?
    बेलायतमा स्थायी बसोबासको अवधि १० वर्ष पुर्‍याउने प्रस्ताव, पाँच लाखभन्दा बढी आप्रवासी प्रभावित हुने
    संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा
    Advertisement
    ताजा अपडेट
    • १. नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?

    • २. बेलायतमा स्थायी बसोबासको अवधि १० वर्ष पुर्‍याउने प्रस्ताव, पाँच लाखभन्दा बढी आप्रवासी प्रभावित हुने

    • ३. संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

    • ४. अमेरिकाको परराष्ट्र नीतिमा आउनसक्ने ५ सम्भावित परिवर्तन

    • ५. क्यानडाद्धारा २०२७ मा ६ लाख २२ हजारलाई पिआर दिने योजना सार्वजनिक !

    चर्चित
    • १. अमेरिकी निर्वाचनमा तीन नेपाली मुलका उम्मेदवार ह्यारी, सराहाना र विश्व बिजयी

    • २. आज अमेरिकामा मध्यवधि निर्वाचन, कँग्रेस र सिनेटमा कस्ले ल्याउँछ बहुमत ?

    • ३. क्यानडाद्धारा २०२७ मा ६ लाख २२ हजारलाई पिआर दिने योजना सार्वजनिक !

    • ४. अमेरिकी चुनाव: रिपब्लिकनलाई धक्का, अमेरिकी कंग्रेसका दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण

    • ५. नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.