• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भर्चुअल पोएट्रीमा गुञ्जियो ‘डाक्टर गीता त्रिपाठी साँझ’

  •  खबरमाला संवाददाता
  • २०८३ आश्विन १९, सोमबार २२:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नर्थ क्यारोलाइना, अमेरिका , भर्चुअल पोएट्रीको आयोजनामा शनिबार, २०८३ असोज १७ गते (३ अक्टोबर २०२६) ‘डाक्टर गीता त्रिपाठी साँझ’ सम्पन्न भएको छ। कवि, गीतकार, निबन्धकार, समालोचक तथा अध्येता डा. गीता त्रिपाठीको साहित्यिक व्यक्तित्व, सिर्जनशीलता र विचारयात्रामाथि केन्द्रित कार्यक्रममा उहाँका कविताहरूको वाचनसँगै विभिन्न साहित्यकारहरूले उहाँको लेखन र व्यक्तित्वका विविध पक्षमाथि चर्चा गरे ।

    कार्यक्रमको संयोजन तथा सञ्चालन डा. शरद पराशर मरहट्टाले गरेका थिए। कार्यक्रममा प्रारम्भमा डा. त्रिपाठीको साहित्यिक परिचय प्रस्तुत गर्दै उहाँका सिर्जनात्मक तथा समालोचनात्मक कृतित्वबारे चर्चा गरिएको थियो । उहाँका प्रकाशित कृतिहरूमा कविता, गीत, निबन्ध तथा समालोचनाका साथै पछिल्लो समय पर्यावरणीय समालोचनातर्फको सक्रियतालाई विशेष रूपमा उल्लेख गरिएको थियो । ‘पर्यावरण समालोचना सिद्धान्त र नेपाली कविता’ उहाँको पछिल्लो समालोचनात्मक कृतिका रूपमा कार्यक्रममा चर्चा भयो ।

    कार्यक्रमको प्रारम्भ कवि तथा साहित्यकार नम्रता गुरागाईँले डा. त्रिपाठीको ‘प्रेम’ शीर्षकको कविता वाचन गरेर गरेकी थिइन् । गुरागाईँले डा. त्रिपाठीलाई साहित्यिक रूपमा स्वागत गर्दै परदेशमा रहेका नेपालीका लागि भाषा र साहित्य घरसँग जोडिने महत्वपूर्ण माध्यम भएको बताइन् । त्यसपछि डा. त्रिपाठीले आफ्ना कविता प्रस्तुत गर्दै कार्यक्रमलाई मूल विषयतर्फ अघि बढाइन् ।

    डा. त्रिपाठीले ‘अटुट’, ‘तिमी छैनौ र’, ‘चियर गर्ल र जुलुसका अनुहारहरू’, ‘कंकट’, ‘ताण्डव नृत्य’, ‘गोत्रको हतियार’, ‘अक्षरको साइज’, ‘आधी’ लगायतका कविता वाचन गरिन्। उहाँका कवितामा प्रेम, स्मृति, मातृत्व, नारी संवेदना, सामाजिक विभेद, राजनीतिक तथा सामाजिक विकृति, पर्यावरण, प्रवास र मानवीय पीडाजस्ता विषयहरू विविध बिम्ब र प्रतीकमार्फत अभिव्यक्त भएका छन् । विशेषगरी ‘गोत्रको हतियार’ ले पितृसत्तात्मक सामाजिक संरचनाभित्र महिलाले भोग्नुपरेको विभेदलाई र ‘गणतन्त्र र गोदत्त प्रसाद’ ले सत्ता, कानुन र पुरुषप्रधान प्रवृत्तिमाथिको प्रतिरोधी चेतनालाई प्रस्तुत गरेको चर्चा भयो ।

    डा. त्रिपाठीले ‘अटुट’ कविता वाचन गर्नुअघि भोटेकोशी क्षेत्रमा आएको बाढी तथा ‘हिमाली सुनामी’मा ज्यान गुमाएका तथा पीडितहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । सोही घटनाका कारण यसअघि तय भएको कार्यक्रम स्थगित गरिएको स्मरण गर्दै उनले विपत्तिले सिर्जना गरेको पीडालाई आत्मसात् गरेर आफू कविता वाचनतर्फ फर्किएको बताइन् ।

    कार्यक्रममा साहित्यकार डा. हरिप्रसाद सिलवालले डा. त्रिपाठीलाई बहुआयामिक साहित्यिक व्यक्तित्वका रूपमा चित्रण गर्दै उहाँको व्यक्तित्वमा कविता अग्रस्थानमा रहेको र त्यसपछि समालोचना तथा अन्य विधाहरू रहेको बताए। उहाँका अनुसार डा. त्रिपाठीको लेखनको केन्द्रमा कवित्वशक्ति र मानवताप्रतिको गहिरो दृष्टि रहेको छ । उहाँले डा. त्रिपाठीको साहित्यमा नारी संवेदना, मानव अस्तित्व र पर्यावरणीय चेतनाको विशिष्ट उपस्थिति रहेको उल्लेख गरे ।

    डा. सिलवालले साहित्य र व्यक्तिगत जीवनबीच डा. त्रिपाठीमा देखिने सामञ्जस्यको पनि चर्चा गरे। उहाँका अनुसार त्रिपाठीको साहित्यमा देखिने शालीनता र संवेदनशीलता उहाँको व्यवहारमा समेत प्रतिविम्बित हुन्छ । ‘अस्मिता’ पत्रिकाको सम्पादन, नारी संवेदना, मानव अधिकार तथा सामाजिक विरोधाभासका विषयमा उहाँको सक्रियतालाई पनि उनले प्रशंसनीय बताए ।

    साहित्यकार अमोद देव भट्टराईले डा. त्रिपाठीको कवितालाई गम्भीर, बौद्धिक, कतिपय अवस्थामा अमूर्त र प्रतिरोधी चेतनाले भरिएको बताए । उनले ‘चियर गर्ल र जुलुसका अनुहारहरू’, ‘ताण्डव नृत्य’, ‘गोत्रको हतियार’ लगायतका कवितामा शक्ति, लैङ्गिक असमानता, सामाजिक संरचना र मानवीय संवेदनाका जटिल पक्षलाई फरक कोणबाट प्रस्तुत गरिएको चर्चा गरे । उनका अनुसार डा. त्रिपाठीका कवितामा विद्रोही चेतना भए पनि अभिव्यक्तिको शैली शालीन र संयमित छ ।
    कार्यक्रममा डा. ऋषि बस्ताकोटीले डा. त्रिपाठीलाई समकालीन नेपाली साहित्यमा विशिष्ट र सम्झनलायक साहित्यिक व्यक्तित्वका रूपमा प्रस्तुत गर्दै उहाँको लेखनमा मानवता, सामाजिक चेतना र जीवनदृष्टिको गहिराइ रहेको बताए। उनले डा. त्रिपाठीका कविताले पाठकलाई केवल मनोरञ्जन नदिई सामाजिक चेतनाको एउटा ‘फिलुङ्गो’ बोकेर फर्काउने धारणा व्यक्त गरे ।

    प्रा. डा. नवराज देवकोटाले पनि डा. त्रिपाठीको कवितामा विषयवस्तुलाई प्रभावशाली बिम्बमार्फत प्रस्तुत गर्ने क्षमता रहेको उल्लेख गर्दै कार्यक्रम सार्नु आयोजकहरूको संवेदनशील निर्णय भएको बताए । भोटेकोशी विपत्तिपछि शोकको वातावरणमा साहित्यिक कार्यक्रमलाई केही समय पछि सारिएको प्रसङ्गलाई उनले सकारात्मक रूपमा लिए ।

    कवि तथा साहित्यकार डा. अमर शाहले डा. त्रिपाठीको लेखनमा सरलता, बौद्धिकता र कोमल संवेदनाको संयोजन रहेको बताए । उहाँको प्रमुख साहित्यिक पहिचान कवि व्यक्तित्व नै भएको उल्लेख गर्दै उनले कार्यक्रममा सुनाइएका करिब एक दर्जन कविताले दर्शक–श्रोताको ध्यान तानेको बताए ।

    कार्यक्रममा डा. नम्रता पाण्डे, गोविन्द बराल, भवानी खतिवडा, उमा शर्मा लगायतका साहित्यकार तथा सहभागीहरूले समेत प्रत्यक्ष तथा च्याटमार्फत आफ्ना प्रतिक्रिया दिएका थिए। समापनतिर आयोजकका अनुसार कार्यक्रममा एकपटक करिब ३२ जना सहभागी पुगेका थिए भने अन्त्यसम्म करिब २७ जना जोडिइरहेका थिए । करिब एक दर्जन कविता वाचनका अतिरिक्त झन्डै नौ जना साहित्यकारले डा. त्रिपाठीको लेखन र व्यक्तित्वबारे धारणा राखेका थिए। च्याट बक्समा पनि करिब २० जना सहभागीले आफ्ना प्रतिक्रिया तथा टिप्पणी दिएका थिए ।

    समापनमा गोविन्द शर्माले डा. त्रिपाठीलाई आफूले व्यक्तिगत रूपमा नचिने पनि उनको कवितामार्फत नयाँ ढङ्गले चिन्न पाएको र उहाँको व्यक्तित्वमा सौम्यता तथा यथार्थबोध अनुभव गरेको बताए। उनले कार्यक्रमलाई प्रभावकारी बनाउन भूमिका खेल्ने आयोजक डा. शरद पराशर मरहट्टा, कवयित्री डा. गीता त्रिपाठी, कविता वाचक तथा टिप्पणीकारहरू सबैप्रति धन्यवाद व्यक्त गरे ।

    भर्चुअल पोएट्रीले सन् २०२० को सेप्टेम्बरदेखि कोभिड–१९ को कठिन समयमा नेपाली कविता सुन्ने–सुनाउने उद्देश्यले नियमित साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्रविधिको माध्यमबाट नेपाल र विश्वका विभिन्न स्थानमा रहेका नेपाली स्रष्टा तथा साहित्यप्रेमीलाई जोड्दै आएको यस शृङ्खलामा ‘डाक्टर गीता त्रिपाठी साँझ’ पनि कविता वाचन, समालोचना र साहित्यिक संवादको महत्वपूर्ण कडी बनेको सहभागीहरूको धारणा थियो ।

    link:

     

    Post Views: 298
    प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार २२:२४
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?
    बेलायतमा स्थायी बसोबासको अवधि १० वर्ष पुर्‍याउने प्रस्ताव, पाँच लाखभन्दा बढी आप्रवासी प्रभावित हुने
    संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा
    Advertisement
    ताजा अपडेट
    • १. नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?

    • २. बेलायतमा स्थायी बसोबासको अवधि १० वर्ष पुर्‍याउने प्रस्ताव, पाँच लाखभन्दा बढी आप्रवासी प्रभावित हुने

    • ३. संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

    • ४. अमेरिकाको परराष्ट्र नीतिमा आउनसक्ने ५ सम्भावित परिवर्तन

    • ५. क्यानडाद्धारा २०२७ मा ६ लाख २२ हजारलाई पिआर दिने योजना सार्वजनिक !

    चर्चित
    • १. अमेरिकी निर्वाचनमा तीन नेपाली मुलका उम्मेदवार ह्यारी, सराहाना र विश्व बिजयी

    • २. आज अमेरिकामा मध्यवधि निर्वाचन, कँग्रेस र सिनेटमा कस्ले ल्याउँछ बहुमत ?

    • ३. क्यानडाद्धारा २०२७ मा ६ लाख २२ हजारलाई पिआर दिने योजना सार्वजनिक !

    • ४. अमेरिकी चुनाव: रिपब्लिकनलाई धक्का, अमेरिकी कंग्रेसका दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण

    • ५. नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.