• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विशेषज्ञ भन्छन्- ‘कोरल रिफका लागि एल निनो भयानक खतरा’

  •  खबरमाला संवाददाता
  • २०८३ कार्तिक १, शनिबार ०५:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    निरन्तर बढ्दै गइरहेको एल निनो ‘कोरल रिफ’का लागि भयानक खतरा बनेको संयुक्त राष्ट्रसंघका प्रकृति विशेषज्ञहरूले बताएका छन् ।  कोरल रिफ भनेको समुद्रमा बस्ने साना जीवहरूले बनाउने कडा ढुंगाजस्तो संरचना हो । यी जीवहरू समूहमा बस्छन् र आफ्नो वरिपरि चुनढुंगाजस्तो कडा कंकाल बनाउँछन् । लामो समयसम्म यस्ता संरचना थपिँदै जाँदा समुद्रमा ठूला भित्ता वा चट्टानजस्ता संरचना बन्छन् ।

    समुद्री वैज्ञानिक डेभिड ओबुराका अनुसार उष्णकटिबन्धीय प्रशान्त क्षेत्रमा बलियो बन्दै गरेको असाधारण एल निनो ढाँचाले कमजोर कोरल प्रजातिहरूलाई लोप हुने खतराको नजिक पुर्‍याउन सक्छ । बढी तापले कोरल संरचनालाई असर पुर्‍याउन सक्छ ।

    ‘जलवायु परिवर्तनले विश्वका महासागरहरू तातो बनाउँदै र हानिकारक ‘ब्लिचिङ’ (रङ वा स्वरूप परिवर्तन) हुने घटनाको आवृत्ति तथा तीव्रता बढाइरहेको छ । यस वर्षको एल निनोले थप भयानक जोखिमको तह थपेको छ,’ ओबुराले भने । उनी केन्याका सामुद्रिक पारिस्थितिकी विशेषज्ञ र जैविक विविधतासम्बन्धी संयुक्त राष्ट्रसङ्घको वैज्ञानिक प्यानल आईपीबीईएसका अध्यक्ष हुन् ।

    प्राकृतिक जलवायु चक्रको तातो चरण मानिने एल निनो घटनाले अस्थायी रूपमा विश्वव्यापी तापक्रम बढाउँछ, बादल र हावाको ढाँचा परिवर्तन गर्छ र हानिकारक मौसमको जोखिम बढाउँछ । विश्वव्यापी पूर्वानुमानकर्ताहरूले यो घटना रेकर्डमा सबैभन्दा बलियो हुने अपेक्षा गरेका छन् । प्रशान्त महासागरका केही भागमा समुद्री सतहको तापक्रम अपेक्षित चरम विन्दुभन्दा महिनौँअघि नै सर्वकालीन उच्च पुगेको छ ।

    एल निनोले समुद्री तापक्रमले रेकर्ड तोड्यो

    यसले ओबुरालाई धेरै चिन्तित बनाएको छ । उनले सन् १९९७–९८ को अघिल्लो सुपर एल निनोको हानिकारक प्रभाव सम्झिँदै भने, ‘तीनवटा विश्वव्यापी ब्लीचिङ घटनापछि आउन लागेको यो घटना अघिल्लोभन्दा खराब हुनु भयानक वास्तविकता हो ।’

    ओबुराले बिहीबार नेचर जर्नलमा प्रकाशित कोरल स्वास्थ्यको ठूलो पुनर्मूल्यांकनको नेतृत्व गरेका थिए । यसले सन् २००८ को अन्तिम विश्वव्यापी गणनापछि ‘कोरल रिफ’ बनाउने प्रजातिहरूको अवस्थामा तीव्र गिरावट आएको देखाएको छ । ‘हाम्रो नतिजाले सन् २०२० सम्म लगभग आधा कोरल प्रजाति लोप हुने जोखिमको उच्च स्तरमा थिए र जलवायु परिवर्तन यस गिरावटको मुख्य कारण हो भन्ने देखाउँछ,’ दर्जनौँ शीर्ष वैज्ञानिक सहभागी अनुसन्धानात्मक प्रतिवेदनमा ओबुराले लेखेका छन् ।

    समीक्षामा आईयूसीएनको ‘रेड लिस्ट’मा सूचीकृत सयौँ प्रजाति समेटिएका थिए । तीमध्ये स्ट्यागहर्न र टेबल कोरलजस्ता प्रमुख प्रजाति पनि छन्, जसका खनिज कंंकालले रिफलाई चम्किलो बनाउँछन् ।

    ‘यसले कोरलका लागि अवस्था उल्लेखनीय रूपमा बिग्रँदै गएको संकेत गर्छ । कोरल रिफको गिरावटका लागि जिम्मेवार विश्वव्यापी कारकहरूमा तीव्र तापक्रम वृद्धि भइरहेको र कमी नआएको अवस्थालाई हेर्दा यो अचम्मको कुरा होइन,’ ओबुरा भन्छन् । यो अध्ययन सन् २०२० मा पूरा भएको थियो ।

    आउँदो एल निनोपछि कोरलको स्थिति विलुप्तिको उच्च जोखिममा रहेका प्रजातिको अनुपात ५० प्रतिशत नाघेको देखिन सक्ने ओबुराको अनुमान छ ।

    गत वर्ष वैज्ञानिकहरूले न्यानो पानीका कोरल रिफ लगभग निश्चित रूपमा फर्कन नसकिने विन्दुमा पुगिसकेको चेतावनी दिएका थिए । महासागरको तापक्रम अधिकांश कोरल बाँच्न सक्ने स्तरभन्दा माथि पुगिसकेको उनीहरूको भनाइ थियो ।

    नेचर जर्नलमा प्रकाशित अध्ययनले भनेको छ, ‘समुद्री तापक्रम र अन्य दबाबको अनुमानित वृद्धिले कोरलका लागि अवस्था कहिले र कहाँ अस्तित्वहीन हुनेछ भन्ने निर्धारण गर्छ ।’

    रासस/एएफपी

    Post Views: 55
    प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार ०५:४२
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?
    बेलायतमा स्थायी बसोबासको अवधि १० वर्ष पुर्‍याउने प्रस्ताव, पाँच लाखभन्दा बढी आप्रवासी प्रभावित हुने
    संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा
    Advertisement
    ताजा अपडेट
    • १. नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?

    • २. बेलायतमा स्थायी बसोबासको अवधि १० वर्ष पुर्‍याउने प्रस्ताव, पाँच लाखभन्दा बढी आप्रवासी प्रभावित हुने

    • ३. संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

    • ४. अमेरिकाको परराष्ट्र नीतिमा आउनसक्ने ५ सम्भावित परिवर्तन

    • ५. क्यानडाद्धारा २०२७ मा ६ लाख २२ हजारलाई पिआर दिने योजना सार्वजनिक !

    चर्चित
    • १. अमेरिकी निर्वाचनमा तीन नेपाली मुलका उम्मेदवार ह्यारी, सराहाना र विश्व बिजयी

    • २. आज अमेरिकामा मध्यवधि निर्वाचन, कँग्रेस र सिनेटमा कस्ले ल्याउँछ बहुमत ?

    • ३. क्यानडाद्धारा २०२७ मा ६ लाख २२ हजारलाई पिआर दिने योजना सार्वजनिक !

    • ४. अमेरिकी चुनाव: रिपब्लिकनलाई धक्का, अमेरिकी कंग्रेसका दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण

    • ५. नेपालले भारतसँग डलरको सट्टा भारुमा ऋण लिन नेपालको प्रस्ताव, आर्थिक कूटनीतिमा नयाँ सन्देश ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.