• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

आप्रवासीले अमेरिकालाई विषाक्त बनाउँछन् : ट्रम्प

  •  
  • २०८० चैत्र ७, बुधबार ०७:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले आप्रवासी विरुद्ध आक्रामक अभिव्यक्ति दिएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले आप्रवासीले अमेरिकालाई विषाक्त बनाउने अभिव्यक्ति दिएका हुन् । आप्रवासीहरु मुलुकका लागि निकै घातक रहेको उनको दाबी छ ।

    आप्रवासीबारे उनको अभिव्यक्ति उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ– ‘उनीहरुले मुलुकलाई नै विषाक्त बनाउनेछन् । मुलुक उनीहरुका कारण अप्ठ्यारोमा पर्नेछ ।’

    अन्तर्वार्ताकार हावर्ड कर्जले कार्यक्रममा ट्रम्पलाई हिटलर र मुसोलिनीको भाषा बोलिरहनुभएको छ, किन यस्ता विषाक्त शब्दावलीको प्रयोग गरिरहनुभएको हो ? भनेर प्रतिप्रश्न गर्छन् ।  त्यसको जवाफमा ट्रम्पले भनेका छन्, ‘किनभने मुलुक उनीहरुले विषाक्त बनाएका छन् ।’

    दक्षिणी सीमाबाट आउने आप्रवासीहरु आपराधिक पृष्ठभूमि र मानसिक समस्यायुक्त रहेको ट्रम्पले आरोप लगाएका छन् । उनीहरु जेल तथा मानसिक सुधार केन्द्रबाट भागेर आएको जिकिर उनको छ । यद्यपि प्राप्त प्रमाणहरुमा ट्रम्पले दावा  गरेझैं कुनै आप्रवासी नरहेको फेला परेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

    सीमा क्षेत्रका अधिकारीहरुका अनुसार हिंसा तथा गरिबीका कारण उनीहरु अमेरिका छिर्ने प्रयत्नमा रहेको बताएका छन् । तथ्यांकले पनि आप्रवासीहरुका कारण हुने आपराधिक गतिविधिमा कमी आएको देखाएको न्यूयोर्क टाइम्समा उल्लेख छ ।

    आपराधिक पृष्ठभूमि तथा मानसिक अवस्था खलबलिएकाहरुलाई नियोजित रुपमा अमेरिका छोडिएको  ट्रम्पले जिकिर गरेका छन् । ‘आप्रवासीबारे हामी राम्रोसँग कुरा गर्न सक्छौं । यद्यपि मानसिक अवस्था खलबलिएका आपराधिक कृत्य गरेर जेल भुक्तानी गरेका र आपराधिक मनोवृत्तिका आप्रवासीहरुलाई अमेरिका भित्र्याइँदैछ’, उनले भने ।

    आप्रवासीको बहानामा आतंककारी घुसाइएको अभिव्यक्ति समेत उनले दिएका छन् । ‘दक्षिणी क्षेत्रबाट छिर्नेहरु उच्च आपराधिक मनोवृत्तिका छन् । मानसिक स्वास्थ्य सुधारका संस्था र जेल रित्ताएर अमेरिकामा उनीहरुलाई ल्याइँदैछ । यो क्रम बढ्ने हो भने अमेरिकामा अहिलेसम्मकै ठूलो संख्यामा आतंककारी भित्रनेछन् जुन हामीले यसअघि कहिल्यै देखेका थिएनौं ।’

    अमेरिकामा मुलुकलाई आवश्यक नै नभएका लाखौं मानिस भित्रिएको ट्रम्पको भनाइ छ । ट्रम्पले विश्व शान्तिको पक्षमा रहेकाले इजरायलले तत्काल युद्ध अन्त्य गर्नुपर्ने समेत बताएका छन् ।

    ‘मध्यपूर्व शान्तिको पक्षमा छ । यो युद्ध तत्कालै अन्त्य हुनैपर्छ । विश्व शान्तिको पक्षमा छ हामीलाई शान्ति चाहिएको छ’, ट्रम्पले भनेका छन् ।

    आफू राष्ट्रपति भएको भए यो किसिमको युद्ध नै नहुने जिकिर उनले गरेका छन् । अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेपछि पहिलो पटक त्यस मामिलाबारे ट्रम्प बोलेका हुन् ।

    Post Views: 169
    प्रकाशित मिति: २०८० चैत्र ७, बुधबार ०७:०५
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.