• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अहिले त पार्टी अध्यक्ष म हुँ : रञ्जिता श्रेष्ठ

  •  
  • २०८० चैत्र ९, शुक्रबार ०८:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नागरिक उन्मुक्ति पार्टी, अध्यक्ष, रञ्जिता श्रेष्ठ

    तपाईंको पार्टी सरकारमा कि प्रतिपक्षमा छ ?

    सरकारमा छ, हामी नयाँ गठबन्धनमै छौं। प्रतिनिधिसभाको बैठकमा पनि हाम्रो पार्टी सत्ता पक्षमै बस्यो। त्यसैले हामी सत्तापक्षमै छौं।

    कसरी मान्ने के तपाईं सत्ता गठबन्धनमा हो भनेर, पार्टीको कुनै निर्णय नै बाहिर आएको छैन ?

    निर्णय त आई हाल्छ नि  हामी छलफलमै छौं। केही दिन बिरामी भएकाले मैले पार्टीका नेताहरूसँग छलफल गर्न पाएको थिइनँ। अब छिट्टै सरकारमा जाने निर्णय हुन्छ।

    तपाईं नयाँ गठबन्धनमा हो भनिरहनु भएको छ। सुदूरपश्चिममा तीन(तीन जना मन्त्रीहरू कांग्रेस नेतृत्वको सरकारमा शपथ लिइसकेका छन् ?

    त्यो कुरा मलाई थाहा छैन। सुदूरपश्चिमको प्रदेश सभामा हामी ७ जना छौं। रेशमजी बिहीबार नै धनगढी जानुभएको हो। उहाँलाई कसले त्यस्तो सल्लाह दियो, मलाई थाहा छैन। पार्टीको आधिकारिक अध्यक्ष म हुँ। मसँग कसैले पनि सल्लाह गरेको छैन। मैले सरकारमा गएकाहरूलाई फिर्ता बोलाउन संसदीय दलका नेतालाई निर्देशन गरिसकेको छु।

    संसदीय दलले बोलाएन भने के हुन्छ , ७ जना प्रदेशसभा सदस्यमध्ये ४ जना त मन्त्री नै भइसकेका छन्।

    सल्लाह नगरी मन्त्री भए भन्दैमा हुन्छ। पार्टीको विधि विधान हुँदैन रु मैले संसदीय दललाई शाह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिन निर्देशन गरिसकेको छ। फिर्ता भएनन् भने त्यसपछिको प्रक्रिया छँदै छ।

    त्यो भनेको के कारबाही हुन्छ भनेकोे हो ?

    मेरै मुखबाट बोलाउन नलगाउनुस्। चार जना बेग्लै पार्टीका हुन् भने त मेरो भन्नु केही छैन। तर, नागरिक उन्मुक्ति पार्टीका हुन् भने पार्टीको विधानअनुसार अध्यक्षले दिएको निर्देशन उनीहरूले मान्नुपर्छ।

    त्यसो भए रेशम चौधरी एकातिर तपाईं अर्कोतिर जस्तो देखिएन ?

    देखियो त। यो पार्टी एउटा घटनापछि जन्मिएको पार्टी हो। यो पार्टी जन्माउन रेशमजीको ठूलो योगदान छ। तर, अहिले त पार्टी अध्यक्ष म हुँ नि १ मसँग कुनै परामर्स नै नगरी, छलफल नै नगरी सरकारमा जाने कुरा विधिसंगत हुन्छ र ? रेशमजीका धेरै कुराहरू हामीले विगतमा पनि मान्दै आयौं, अझ पनि मानौंला तर, उहाँलाई कसले यस्तो सल्लाह दिइरहेको छ।

    Post Views: 200
    प्रकाशित मिति: २०८० चैत्र ९, शुक्रबार ०८:४३
    Advertisement
    संबन्धित शिर्षकहरु
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
    अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • २. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ३. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    • ४. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    • ५. अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ३. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ४. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • ५. अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.