• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विदेशमा नेपाली भाषा पढ्ने र नेपाली पोशाक लगाउने लहर बढ्दै

  •  
  • २०८१ बैशाख २, आईतवार ०९:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    संसारको जुन कुनामा पुगेनी आफ्नो संस्कार संस्कृति र आफ्नोपन सबैलाई प्यारो हुन्छ । मातृभुमि आमा सरह हुन्छ भने झै आफ्नो मातृभुमि छोडेर विभिन्न बाध्यताबस विदेसिएका नेपालीहरु संसारको १ सय १३ वटा देशमा पुगेको बताईन्छ । जहाँ पुगे पनि आफ्नो भाषा र सस्कृति सबैलाई उत्तिकै प्यारो हुन्छ । त्यसैले स्याथी बसोबासका लागि परदेसिएका नेपालीहरुले आफ्नो सन्तान अर्थात विदेशी भुमिमा र्हुिकदै गरेका दोश्रो पुस्ताका नेपालीहरुलाई नेपाली भाषा सिकाउन थाले का छन । जहाँ नेपाली भाषीहरुको जनघनत्व बढी रहेका छन त्यस्ता देश र शहरहरुमा समुदायका अगुवाहरुले आफ्नो भाषा र सस्कृतिको सरंरक्षण गर्नका लागि नेपाली भाषा सिकाउने विभिन्न तहका कक्षाहरु शुरु भएका छन ।


    चाहे अमेरिका, अष्ट्रेलिया होस यूरोप जापान अथवा अन्य मुलुकमा यतिखेर नेपालीको जनसख्या बढ्दै गएको अनुपातमा सामान्य भाषा सिकाउनेदेखि नियमित कक्षा सन्चालन गरीन थालेको छ । धेरै नेपाली भएका स्थानहरुमा नेपाली भाषा पढ्ने नेपालीहरुबीच निकै उत्साह आएको पाईन्छ । जस्तै अमेरिकाको टेक्सास, क्यालिफोनिया, मेरील्याण्ड, बाल्टीमोर, न्यूयोर्क, एटलान्टा, र्याले, सार्लौट, बेलायत, जापान, अष्टे्रलियाको सिड्नी , ब्रिजवेन, क्यानबेरा, पर्थ, क्वीन्सल्याण्ड लगायत शहरहरुमा नेपाली पाठशाला नै सन्चालनमा रहेका छन । ति शहररुहरुमा समुदाय अनुसार १०, १२ जना विधार्थीदेखि १ सय ५० जना सम्म विधार्थीहरु नेपाली भाषा सिकिरहेका छन ।
    अमेरिकाको टेक्सासमा नेपाली समाज टेक्सासले ग्लोबल नेपाली भाषा पाठशाला सञ्चालन गरेर प्रवासमा रहेका नेपाली युवालाई नेपाली भाषा संस्कृतिको ज्ञान प्रदान गरी नेपाल फर्काउने अभियान सञ्चालन गरेको छ । सो अभियानले अमेरिकामै जन्मेर शिक्षा आर्जन गरिरहेका नेपालीमूलका युवालाई नेपाली भाषा, साहित्य, संस्कृति तथा संस्कारबारे ज्ञान दिने काम गर्दैआएको छ । करिब सन् २००७ बाट जारी रहेको सो अभियानबाट हजारौँ नेपाली युवा युवतीहरू लाभान्वित भइरहेको पाठशालाका सञ्चालक डा. भोजबहादुर बलायरले बताए । युवाहरू एउटा परिवेशमा हुर्के बढेकाले उनीहरूलाई उत्प्रेरित गर्ने काम चुनौती भए पनि अभियानले सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ ।


    सो पाठशालाबाट हरेक समेस्टेरमा करिब ४ सय बालबालिकाले भाषा, संस्कृतिको ज्ञान लिइरहेको उहाँले बताउनुभयो । त्रैमासिक न्यूनतम २५ डलर शुल्क तिरेर बालबालिकालाई पठनपाठन गराइने गरिएको उहाँको भनाइ छ । नेपालीहरू विदेशमा रहँदा एउटा मात्र पहिचान ’नेपाली’ भएको तर नेपाली हुनुको अर्को पहिचान भाषा, संस्कृतिको ज्ञान भएको डा. बलायरले प्रष्ट पार्नुभयो ।
    आफ्नो भाषा सिके मात्रै संस्कृति र संस्कारको ज्ञान संभव हुन्छ भन्ने मान्यताले गैरआवासिय नेपाली संघले पाठ्याक्रम नै विकास गरेर विश्वको जुन सुकै मुलुकमा पनि काम लाग्ने गरी निर्माण गरेको छ । एनआरएनले विश्वभरीरहेका एनसिसिहरुलाई निर्माण गरिएको पाठ्क्रम नै पठाएर सजिलो बनाई दिएको । कतिपयले एनआरएनको पाठ्याक्रमलाई लिएका छन भने कतिपयले आआफ्नै हिसावले पाठ्याक्रम निमाण गरेर पढाएका छन ।जे हो नेपाली भाषाप्रतिको मोह जताततै बढेकै छ । विदेशमा नेपालीपन नै गुम्ने भएकाले प्रवासमा बस्ने बालबालिकालाई त्यसबारे ज्ञान दिने अभियान सुरु गरिएको हो । अमेरिकामा नेपालीको सख्या करिब ३ लाख पुग्न लागी सकेको छ । त्यसैगरी अष्ट्रेलियामा उत्तिकै सख्यामा नेपाली छन भने यूरोप, जापान, कोरियालगायत देशहरुमा पनि नेपाली समुदायले आफ्नो भाषा सस्कृति बचाउन लागी परेका छन । नेपाली भाषा बचाउन मात्र होईन की आजकाल नेपाल परेड डे भन्दै कतिपय शहरहरुमा स्थानीय सरकारले पनि नेपालीभाषीलाई महत्व दिएर कार्यक्रम मनाउने गरेका छन । त्यस्ता परेड डेहरुमा नेपाली भाषा भाषी सस्कृति झल्किने झाँकी लिएर प्रदर्शनीहरु ह्ुने गरेका छन । जसबाट नेपाल र नेपालीप्रति विश्वको ध्यान पुग्न सक्दछ भने अर्कोतर्फ पर्यटनमा पनि टेवा पुग्ने देखिन्छ । नेपाली भाषा मात्र होईन विदेशमा नेपालीको कार्यक्रम हुँदा नेपाली पोषक लगाउनेहरु पनि बढेर गएको छ । अमेरिकामा थुप्रै शहरहरुमा नेपाली पोशाकको विक्रि वितरण रामै्र हुने गरेका छन ।

    Post Views: 191
    प्रकाशित मिति: २०८१ बैशाख २, आईतवार ०९:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.