• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

वैशाख ११ र १२ कतारका राजा नेपाल भ्रमणमा आउने

  •  
  • २०८१ बैशाख ९, आईतवार ०८:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

     

     

    नेपाल सरकारले गर्न लागेको लगानी सम्मेलन अगाडि वैशाख ११ र १२ मा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमण हुने पक्का भएको छ । कतारका अमिरको भ्रमणले नेपालमा मध्यपूर्वको उच्च स्तरको भ्रमणलाई बढाउन सकिने अपेक्षा गर्न सकिन्छ ।
    कतार नेपालीका लागि प्रमुख श्रम गन्तव्य हो । कतारबाट वार्षिक १ खर्बभन्दा बढी रेमिट्यान्स भित्रने गरेको छ । कतारमा ३ लाख ५० हजार नेपाली रोजगारी तथा पेसा व्यवसायमा छन् । कतारको विकासमा नेपालीहरूले ठूलो भूमिका निर्वाह गरेका छन्, जुन कतारी सरकारी निकायलाई पनि अवगत छ । कतारका अमिर अल थानीको भ्रमणका क्रममा नेपाल सरकारले कतारको रोजगारीबाट फर्केका नेपालीलाई उनीहरूले सिकेको सीप र ज्ञानलाई उद्यमशीलतामा लैजानका लागि नयाँ पहल जरुरी छ । कतारमा काम गर्ने नेपाली कामदारको लागि विमा लगायत अन्य सुविधाका लागि पहल जरुरी छ ।

    नेपालमा लगानी बढाउने उद्देश्यले कतार र नेपालबीच दोहोरो कर नलाग्ने सम्झौता डीटीए भइसकेको छ । नेपालमा लगानी बढाउने उद्देश्यले कतारको ठूलो मानिएको दोहा बैंकको नेपालमा सम्पर्क कार्यालय सन् २०१८ देखि खुलिसकेको छ । कतारका अमिरको भ्रमणमा नेपालले अल्पकालीन र दीर्घकालीन योजना बनाएर लगानीका प्रस्ताव अगाडि सार्नुपर्छ । अल्पकालीन योजनामा वैदेशिक रोजगारबाट फर्कनेलाई उद्यमी बनाउन भेन्चर क्यापिटलको स्थापना, कतारले खोजेअनुसारको जनशक्ति उत्पादनका लागि तालिम केन्द्र स्थापना पर्छन् ।

    कतारी अमिरलाई नेपाल सरकारले दुई वटा हात्ति उपहार दिने तयारी गरेको छ । चितवनबाट ती हात्तीहरु कतार एयरवेजबाट पठाउने तयारी भईरहेको छ । प्रधानमन्त्रि सम्बद्ध श्रोतका अनुसार नेपालका लागि के के दुई पक्षिय सहमति होला भन्ने विष्यामा अध्ययन भईरहेको बताइएको छ । नेपाल सरकारले सन्चार उद्दमी भाष्करराज कर्णीकारमार्फत कतारी राजासंग के के डिमाण्ड गर्ने भन्ने विषयमा सहमति नजिक पुगेको बताइएको छ ।

    यो भ्रमणबाट कतार र नेपालबीचको आत्मिय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए ।

    कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किने र त्यस क्रममा उनले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताए ।

    राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नेछन् ।

    Post Views: 179
    प्रकाशित मिति: २०८१ बैशाख ९, आईतवार ०८:२९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.