• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

रण–अम्बिका शाह सेवा गुठीको वार्षिक उत्सवमा १९ लाख सहयोग वितरण

  •  
  • २०८१ जेष्ठ २०, आईतवार ०२:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    समाजसेवी रणबहादुर शाह (गोते बाबु) र उनकी श्रीमती अम्बिका मल्लको नाउँमा स्थापित रण–अम्बिका शाह सेवा गुठी नेपालले वार्षिक उत्सवको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरेको छ ।

    बिहीबार लाजिम्पाटमा आयोजित एक समारोहमा  २०७८ सालमा स्थापना भएको गुठीले विभिन्न व्यक्ति र संस्थालाई नगदसहित सम्मान गरेको हो ।

    संस्थाका अध्यक्ष डा. चिन्तामणी योगीको सभापतित्व  एवं पूर्व मुख्यसचि शंकर वैरागीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिर्जनात्मक कला गुठी नेपाल धोविघाटकी संस्थापक उर्मिला गर्ग उपाध्याय र दाङको पाण्डवेश्वर महादेव मन्दिर धारपानीलाई नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित ‘रण–अम्बिका सेवा पुरस्कार’ प्रदान गरिएको थियो ।

    पाण्डवेश्वर मन्दिरको तर्फबाट अध्यक्ष गणेश अधिकारीले प्रशंसापत्रसहित नगद ग्रहण गरेका थिए ।

    यसैगरी, नेपाली शिक्षा परिषद् सोह्रखुट्टे काठमाडौंलाई रु ७ लाख, हिन्दू विद्यापीठ नेपाल थली काठमाडौंलाई रु ५ लाख, एक एक पाइला सामुदायिक स्वास्थ्यकेन्द्र थापाथलीलाई ५ लाख, शंखमुल त्रिवेणी धाम आरती समूह शंखमुललाई रु २ लाख प्रदान गरिनुका साथै  दुर्गा मन्दिर धर्ना दाङलाई निरन्तर सहयोग गर्ने घोषणा पनि गरिएको थियो ।

    कार्यक्रममा सम्मानित भएकी उर्मिला गर्गले स्व  तुलसीमेहरको प्रेरणाले  समाजसेवामा लागेको बताउँदै यस्ता सम्मानले आफू थप उत्साहित भएको बताइन् ।
    यस्तै, पाण्डवेश्वर महादेव मन्दिर धारपानीका अध्यक्ष गणेश अधिकारीले धर्म संस्कृतिको जगेर्नाका लागि सबै लाग्नु पर्नेमा जोड दिए ।

    पोषणराज लामिछानेले सञ्चालन गरेको कार्यक्रममा गुठीका सचिव किरण थापाले संस्थाले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।
    कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्य सचिव शंकर बैरागीले नेपालमा गुठीहरुले राम्रो काम गरिरहेको बताउँदै त्यसका लागि आफ्नो ठाउँबाट सधैं सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    यस्तै अध्यक्ष डा. योगीले समाज सेवाको भावनाका साथ स्थापना भएको गुठीले धर्म संस्कृतिको रक्षाका लागि सदैव भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

    गुठी सञ्चालक समिति सदस्य डा. मिता राणाले सबैलाई धन्यवाद दिँएकी थिइन् ।

    Post Views: 244
    प्रकाशित मिति: २०८१ जेष्ठ २०, आईतवार ०२:४३
    Advertisement
    संबन्धित शिर्षकहरु
    भेनेजुएला भूकम्पमा परी बेपत्ता हुनेहरुको सख्या ५१ हजारभन्दा बढी
    जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?
    भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या २३५ पुग्यो, ४ हजार भन्दा बढी घाइते
    Advertisement
    ताजा अपडेट
    • १. भेनेजुएला भूकम्पमा परी बेपत्ता हुनेहरुको सख्या ५१ हजारभन्दा बढी

    • २. जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?

    • ३. भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या २३५ पुग्यो, ४ हजार भन्दा बढी घाइते

    • ४. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • ५. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • ५. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.