• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

“मिल्टन” शताब्दीकै शक्तिशाली तुफान फ्लोरिडामा शुरु हुँदा लाखौ मानिस सुरक्षित स्थानमा, ३ लाख घरमा विधुत आपूर्ति बन्द

  •  
  • २०८१ आश्विन २३, बुधबार ०६:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    फ्लोरिडा – अमेरिकाको फ्लोरिडामा मिल्टन आँधी प्रवेश गर्दैगर्दा ३ लाखभन्दा बढी घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भइसकेको छ भने लाखै मानिस घर छाडेर सुरक्षित स्थानमा बसेका छन । फ्लोरिडाको पश्चिमी तटमा विद्युत आपूर्तिमा अवरोध बढ्दै गएको छ, तर केही काउन्टीहरूमा भएको अवरोध भएको छ । आँधीको प्रकोप बढ्दै जाँदा कम्तीमा १० लाख घरमा विद्युत आपूर्तिमा अवरोध हुने अनुमान गरिएको छ । मिल्टन आँधीको प्रभावका कारण अबका केही घण्टाभित्र ब्यापक भूक्षय हुने अपेक्षा गरिएको छ। पानीको स्तर पनि बढिरहेको छ किनभने आँधीबेहरीको शक्तिशाली हावाले समुद्री पानीलाई सामान्यतया सुख्खा भूमिमा लैजान्छ। आँधी नजिकिँदै जाँदा अवस्था झन् खराब हुँदै जाने सरकारी पक्षले दावी गर्दैै आएका छ । राष्ट्रपति जो बाईडनले यो सामुद्रिक आँधीबाट बच्न र सुरक्षित स्थानमा जान नागरिकका नाममा सम्बोधन गरेका छन । 

    केही दिन अघि हेलेन आँधीले वितण्डा मच्चाएको अमेरिकामा अहिले मिल्टन आँधीको असर देखिएको छ। क्याटोगोरी ५ को रूपमा रहेको सो आँधी फ्लोरिडातर्फ उन्मुख छ। धेरैले यो भन्दा पहिले कहिले पनि यस खालको आँधी नदेखेको बताएका छन्। २७० किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढी रहेको सो आँधीले धेरैको ज्यान लिनसक्ने चेतावनी दिइएको छ।

    फ्लोरिडाको पश्चिमी भागमा १० देखि १५ इन्चसम्मको उचाइको पानी तथा पूर्वी भागमा ८ देखि ११ इन्चसम्म बढ्ने अनुमान गरिएको छ। यो वर्षा र आँधीबाट बच्नका लागि अमेरिकाले १० देखि १५ वर्ष तयारी रहेको फ्लोरिडाका मेयर जेरी एल डेमिङ्गाले बताए। यस आँधीको शक्ति अबको ३६ घण्टामा कम हुँदै गए पनि यसले धरै स्थान ढाक्ने र यो फैलँदो क्रममा रहने जनाइएको छ।

    फ्लोरिडाका मौसमविदका अनुसार फ्लोरिडाको टाम्पाको ४८० माइल दक्षिण पश्चिममा छ। अहिले यसको गति घटी रहेको छ। फ्लोरिडाको पुरै प्रायद्वीपमा यसले असर गर्ने छ। सबै जनालाई सतर्क हुन त्यहाँको सरकारले भनी सकेको छ। फ्लोरिडामा बसोबास गरिरहेको प्युरेटिकाका केही बासिन्दा अहिले आफ्नै स्थानमा फर्किएका छन्। यसै मिल्टन आँधी आउने थाहा भए पनि फ्लोरिडा सरकारले ४६ सय कैदीलाई जेलबाट बाहिर पठाइ दिएको छ।

    सम्भवतः यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान छ । यसको सबैभन्दा बढी प्रभाव पर्ने फ्लोरिडामा आपतकाल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ । मौसम प्रतिकूल हुने संकेत पाएपछि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द गरिएको छ । बुधबारका लागि निर्धारित १ हजार ५०० उडानहरु रद्द भएको बीबीसीले जनाएको छ ।

    ह्वाइटहाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् ।

    राष्ट्रपति बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् । बाइडनले भनेका छन्, ‘यो जीवन र मृत्युको सवाल हो । यो फ्लोरिडामा एक शताब्दीकै सबैभन्दा भयंकर तुफान हुनसक्छ

    Post Views: 151
    प्रकाशित मिति: २०८१ आश्विन २३, बुधबार ०६:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.