Newyork Time 05:05 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

अमेरिकी पुर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर

२०८१ जेष्ठ १८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

825

अमेरिकी ईतिहासमा पहिलोपल्ट पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भएका छन । न्यूयोर्क स्थित ट्रायल कोर्टमा भएको सुनुवाईमा वयस्क फिल्मकी नायीका स्ट्रेमी डानियल्सलाई सम्बन्ध लुकाउन गुपचुप रकम दिएको विषयमा दोषी ठहर भएका हुन । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा रिपव्लिकन पार्टीबाट उम्मेदवारसमेत रहेका ट्रम्प अमेरिकी ईतिहासमा पहिलो फौजदारी अभियोग लागेका राष्ट्रपतिमा दर्ज भएका छन । उनले वयस्क फिल्मकी ति नायिकालाई लुकाएर रकम दिएको अभियोग लागेपछि यो मुद्दा अदालतमा गएको थियो । अदालतबाट सुनुवाई भएलगत्तै पुर्वराष्ट्रपटि ट्रम्पले भ्रष्ट न्याधिषले आफुलाई न्याय नदिएको र राष्ट्रपति जो बाईडेनको प्रभावमा फैसला गरेको आरोप लगाएका छन ।

न्यूर्योक ट्रायल कोर्टका १२ जना ज्यूरीबाट भएको फैसलामा सन २०१६ को निर्वाचन ताका सो विषय चर्चामा आएपछि डेनियल्सलाई सम्बन्ध लुकाउनकन लागि उनको वकिल मार्फत एक लाख ३० हजार डलर रकम दिएको पुष्ट्रि भएको छ ।

जसका काराण ट्रम्पलाई न्युयोर्कको अदालतले ३४ वटा अभियोगमा दोषी ठहर गरेको हो । अबको चरण उनीविरुद्धको सजाय सुनाउनु आगामी जुलाई ११ का तोकिएको छ ।सो सुनुवाईमा उनलाई चार वर्षसम्म जेल वा प्रोबेशनको सजाय हुन सक्ने जनाइएको छ । यद्यपी ट्रम्पले आफूविरुद्धको सो फैसला चित्त नबुझार पुनरावेदन जान सक्ने अधिकार सुरक्षित रहेको छ । उनि आगामी निर्वाचनमा उम्मेदवार भए पनि उनको त्यो उम्मेदवारी दिने अधिकार भने सुरक्षित हुनेछ । किन की उनि त्यो फैसलाविरुद्ध पुनरावेदन गर्ने तयारीमा जुटी सकेका छन । चुनावी अभियानमा भने यो निर्णयले पक्के पनि फरक पर्ने विज्ञहरुले बताउँदै आएका छन ।