Newyork Time 08:11 pm
May 19, 2024, Sunday
२०८१ जेष्ठ ७

अमेरिकामा ८२४ नेपालीलाई पक्राउपछि हिराशतमा

२०८० चैत्र ९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

690

विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्नखोज्दा गतबर्ष २०२३ मा ८२४ जना नेपाली अध्यागमन हिराशतमा राखिएको तथ्यांक छ । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको तथ्यांक अनुसार उनीहरु सीबीपीबाट सीमाक्षेत्रमा पक्राउपछि आइसलाई स्थानान्तरण गरिएकाहरु हुन्। यो संख्या अघिल्ला बर्ष २०२२ मा ९४१ र २०२१ मा ३७३ रहेको उल्लेख छ ।

अध्यागमन हिराशतमा परेका ८३५ जना नेपालीमध्ये ५६ जनालाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले नै आफै पक्राउ गरेको थियो । त्यसमध्ये ११ जना अपराधको अभियोग लागेकाहरु थिए भने ४३ जना अध्यागमन कानुनको उल्लंघन गरेकाहरु रहेको आइसले जनाएको छ । २ जना अन्य अभियोग लागेकाहरु रहेको तथ्यांकमा उल्ल्ेख छ ।