Newyork Time 01:56 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

कन्चन म्युजिक इन्टरटेनमेन्टबाट बसन्त खड्काको “मानिसको जिन्दगीमा” गीत सार्वजनिक

२०८१ जेष्ठ २०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.9K

 

मानिसको जिन्दगीमा सार्वजनिक कन्चन म्युजिक इन्टरटेनमेन्टले वरिष्ठ गायक बसन्त खड्काको सुमधुर स्वरमा सजिएको “मानिसको जिन्दगीमा ” कर्णप्रिय गीतको श्रब्य(दृश्य युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । सो गीतमा चर्चित गीतकार श्रीपुरुष ढकालको रचना र बिश्व किर्तीमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको संगीत रहेको छ । पछिल्लो समय नेपाली गजल गायनमा सक्रिय गिनिज बुकमा समेत नाम लेखाई सकेका संगीतकार श्रेष्ठले यो गीतमा समेत उत्कृष्ट संगीत भरेका छन्।

मानिसको जिन्दगीमा रुन अति गाह्रो हुन्छ , रुनु भन्दा पनि अझै हाँस्न अति साह्रो हुन्छ भन्ने यो गीतको भोकल रेकर्डिङ् नर्थ क्यारोलानाको केरी स्थित डिजे केन्ज़ले आफ्नै स्टुडियोमा गरेका हुन भने ध्वनी संयोजन काठमाडौँको कमलपोखरीस्थित भ्वाइस रेकर्डिङ् स्टुडियोमा दक्ष प्राविधिक दीप तुलाधरले गरेका हुन् । यो लिरिकल भिडियोको सम्पादन क्यानाडाका नविन निरौलाले गरेका छन्।

नेपाल तथा अमेरिकाका प्रसिद्ध गीतकार र संगीतकारहरुका गीतमा आवाज भरि सकेका गायक बसन्त खड्काले यस अघि “मृगतृष्णा”, “राजमार्ग “, “गोधुलीू, “लालिमा” ,“छहरा” ,”बदलिदेउ तिमीू, “संगै संगैू ,“कालापानीू, ” रातो छ साडी ” र वेष्ट अफ बसन्त खड्का भाग १ र २ लगाएतका गीति एल्बमहरु पनि सार्वजनिक गरि सकेका छन् । कन्चन इन्टरटेनमेन्टका लागि यो गीत सार्वजनिक गर्न विशेष सहयोग गर्नु हुने सान्त्वना खड्का ,डा। ऋषि वस्ताकोटी ,पुष्प ढकाल ,सुबिधा गुरागाईं ,शिव विष्ट ,बिश्वराज थापा र होम प्रसाद लम्साललाई गायक खड्काले धन्यवाद ब्यक्त गरेका छन्। अमेरिका बसरे पनि खड्काले निरन्तर नेपाली गीत श्रोतामाझ पस्किरहेका छन । खबरमालासंग कुरा गर्दै खड्काले भने यो मेरो रुचिको विषय भएकोले गीत गाउन छोड्न सक्दीन । त्यसैले बर्षमा २,४ वटा जति सक्दछु ल्याई रहन्छु ।

गीत सुन्नको लागि लिंकमा क्लिक गर्नुहोला