Newyork Time 06:50 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन २० देखि २३ सम्म मेरिल्याण्डमा

२०८१ जेष्ठ ६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

360

 

यस वर्षको संस्करण जुन २० देखि २३ सम्म नेपाल अमेरिका सिनेमा महोत्सव अमेरिकाको मेरिल्याण्डमा आयोजना हुनेछ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले ओपनिङ र क्लोजिङ कार्यक्रममा प्रदर्शन गरिने सिनेमाको घोषणा गरेको छ। ओपनिङ सिनेमाको रूपमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को अमेरिका प्रिमियर तय भएको छ। जुन २० मा सिनेमाको स्क्रिनिङ हुने जनाइएको छ। सन् २०२३ मा टोरन्टोमा विश्व प्रिमियरसँगै ‘गाउँ आएको बाटो’ले बुसान, मुम्बई, बेइजिङलगायतका प्रसिद्ध महोत्सवमा सहभागिता जनाइसकेको छ।

सिनेमा नेपाल र डायस्पोरामा जेठ २५ गते रिलिज हुँदैछ। आमोद राईले निर्माण गरेको सिनेमामा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ। गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा सिनेमाले पेस गर्छ। महोत्सवको समापन सिनेमाको रूपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ। भेनिस सिनेमा महोत्सवमा विश्व प्रिमियर भइसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन्। महोत्सवको पूर्ण लाइनअप भने चाँडै सार्वजनिक गर्ने तयारी रहेको आयोजक नेपाल अमेरिका सिनेमा सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीले जानकारी दिए।