Newyork Time 01:46 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

बुहारीको कथा वस्तु “बहुरानी” हिन्दी गीत नेपाली संगीत क्षेत्रमा नयाँ प्रयोग (भिडियो)

२०८१ जेष्ठ २१
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

900

 

नेपाली गीतकार त्यो पनि प्रवासमा बसेर नेपाली गीत संगीतको प्रमोसनमा रमाउने गीतकार । समाजसेवी प्रमिला बस्नेतले एउटा गज्जबको नयाँ प्रयोग यतिखेर बजारमा चर्चामा छ त्यो हो “बहुरानी” हिन्दी गीत । केही वर्षयता नेपालीले पनि हिन्दी गीत मिसाएर गाउने चलन त थियो यस पटक पुर्ण रुपमा “बहुरानी” पुर्ण हिन्दी गीत बजार आएको छ । त्यसमा कुनै हिसाबले पनि बहुचर्चित हिन्दी गीत भन्दा कम छैन र म्यूजिक भिडियो पनि गज्जबकै बनेको छ । गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापाको संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन । एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्न पर्ने समस्यालाई अलिकति भएपनि मलम लगाउने प्रयास स्वरुप बहुरानी निमार्ण गरिएको छ । एउटी बुहारी पनि कसैकी छोरी हो । त्यही छोरी बुहारी भएर कसैको घरमा जाँदा त्यो त काम गर्ने मिसिन बन्न पुग्छिन् भन्ने सन्देश गीतमा रहेको छ । गीतले समाजको वर्तमान ऐना जस्तो बुहारीले एउटा घरभित्र भोग्ने समस्या पुर्ण छर्लंग हुन्छ ।

अनु चौधरीको स्वर रहेको गीतमा विश्व अधिकारीको एरेन्ज छ । गीतको भिडियो केशवराज भट्टको निर्देशन रहेको भिडियोमा भिडियोमा चर्चीत उद्घोषक तथा कलाकार रिमा विश्वकर्मा , एलिसा शर्मा , सृष्टी सुब्बा , सम्राट अधिकारी , रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु र दिपक भुर्तेलको जोडदार अभिनय छ । भिडियोमा बुद्ध थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।